शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआरएनद्वारा ‘प्रवासबाट मतदानको लागि अभियान कार्यदल' गठन

बुधबार, २० चैत २०७५, ०७ : १७
बुधबार, २० चैत २०७५

काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय परिषदले ‘प्रवासबाट मतदानको लागि अभियान कार्यदल–२०१९’ गठन गरेको छ । 

केही पहिले सर्वोच्च अदालतले प्रवासमा रहेका नेपालीको मताधिकारको सुरक्षित गर्न आवश्यक पूर्वाधार तयार गर्न सरकारको नाममा परमादेश जारी गरेसँगै एनआरएनले यो कार्यदल गठन गरेकाे हो 

कार्यदलकाे संयाेजकमा एनआरएन महासचिव बद्री केसी र  सचिवमा केन्द्रीय सदस्य रामशरण सिम्खडा रहेका छन् । 

यस्तै सोनाम लामा, लोक दाहाल, चिन्तामणि सापकोटा, खुसीमान गुरुङ, विनोद भट्टराई, राजु सायद, कृष्ण तिमल्सिना, प्रकाश पुन, दिनेश जोशी, खगेन्द्र जिसी क्षेत्री, संजय थापा, रमेश थापा, सुनीक कार्की, नवराज रोस्यारा, निमेश गिरी, रमेश पाण्डे, विश्व राइ, नारायण घिमिरे, कृष्ण केसी गोविन्द बेल्बासे, सीता सापकोटा, सन्तोष भट्टराई र शन्नी कुमारी वली सदस्य रहेका छन्  भने सल्लाहकारमा अध्यक्ष भवन भट्टसहित संरक्षक जीवा लामिछाने, शेरबहादुर केसी, डा सूर्य पाठक र टीकाराम भट्टराई रहेका छन् । 

कार्यदलले एनआरएन अन्तरराष्ट्रिय समिति, निर्वाचन आयोग, नेपाल सरकारको सम्बन्धित मन्त्रालय र विदेशस्थित नियोगसँग मतदानको आवश्यकता र सम्भावनाका विषयमा छलफल तथा लबिङ गर्ने कार्यदलका सचिव रामशरण सिम्खडाले जानकारी दिए । 
यस्तै नेपालका राष्ट्रिय दल र सरोकारवाला अन्य समूहसँग छलफल गरिनुका साथै विदेशबाटै आफ्नो मतदान अधिकारलाई स्थापित गर्न सर्वदलीय राजनैतिक संयन्त्र समेत खडा गरिनेछ । 

विविध कारणले नेपालबाहिर रहेका नेपालीलाई देशको निर्वाचन प्रक्रियामा सहभागि गराउने र वैध अवस्थामा नेपाली नागरिक नरहेका प्रवासी नेपालीलाई जनप्रतिनिधि छनोटमा सहभागि गराउने उद्देश्यका साथ कार्यदल गठन गरिएकाे हाे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप