शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसका दुई बहिनी, आमा र हजुरआमालाई आँधीले लग्यो, बाबु अस्पतालमा

मङ्गलबार, १९ चैत २०७५, २२ : ०६
मङ्गलबार, १९ चैत २०७५

बारा– फेटा गाउँपालिका–३ पुरैनियाका साहेव अन्सारीको उमेर कलिलो छ । तर, त्यही कलिलो उमेरमा विनाशकारी आँधीका कारण साहेवको परिवार उजाडिएको छ ।

पुरैनियास्थित मदरसा (मदरसा हुसेनियाँ) मा कक्षा ४ मा अध्ययनरत साहेव अन्सारी आइतबार घरबाट केही पर साथीभाइसँग खेलेर फर्कंदै थिए, विनाशकारी हुरी आइहाल्यो । पिल्लर नभएपनि इट्टा र सिमेन्टले बनेको उनको घर क्षणभरमा ढल्यो, घरभित्र रहेका दुइ बैनी, आमा र हजुरआमाको मृत्यु भयो । 

‘म घर पुग्दा सबैले मलाई छाडिसकेका थिए’ आँशु खसल्दै साहेवले भने, ‘मेरा दुई बहिनीलाई पनि हुरीले लग्यो ।’

तिनै बालकको घाउमा मल्हमपट्टी लगाउन पुगेका डा. गोविन्द केसी उनको कपाल सुम्सुम्याउँदै भन्दै थिए, ‘सम्हालिनुपर्छ बाबु, हामी छौं ।’

आइतबार साँझ आएको विनाशकारी हुरीका कारण इजहार मिया अन्सारीकी श्रीमती मिरा खातुन, बुहारी सकिमा खातुन, नातिनीहरु ७ बर्षिया सम्सिदा खातनु र ८ बर्षिया रुकम खातुनको घरभित्रै पुरिएर मृत्यु भएको थियो ।  इजहारका नाती साहेव घर बाहिर रहेकैले जोगिए । 

घरका चार सदस्यको मृत्यु भएसँगै इजहार अर्धचेत जस्तै भएर पल्टिइरहेका छन् । नेता, पत्रकार उनलाई खोज्दै पुग्छन् तर उनी बोल्न सक्ने अवस्थामा छैनन् । मंगलबार घरको भग्नावेशमा जति मान्छे आउँथे नाती साहेव अन्सारीलाई भेटेर फर्कन्थे ।

साहेवको आमा र बहिनीहरुसँगै च्यापिएका थिए बावु हैदर मियाँ । सोमबार आमा सकिमा खातुन, श्रीमती र दुर्ई छोरीको दाहसंस्कारका लागि एम्बुलेन्समा पुगेका हैदर वैदिक कर्म पुरा गेर पुनः अस्पताल फर्किए ।

‘बाबा घाइते हुनुहुन्छ’ साहेवले भने, ‘टाउकोमा चोट लागेको छ, वीरगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।’

आमा, श्रीमती र छोरीहरुसँगै घरको छानो झरेर पुरिएका हैदर भने बाँच्न सफल भएका थिए । हैदर परिवारको तस्विर यत्ति दर्दनाक छ, परिवारका चार सदस्य गुमाएर उनी आफैं उपचार गर्दै छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप