रोजगारी मुलक विकास आजको आवश्यकता : मुख्यमन्त्री पौडेल
मङ्गलबार, १९ चैत २०७५, २० : २५
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले समृद्धि लक्षित रोजगारीका कार्यक्रम आवश्यक भएको बताएका छन् ।
नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घ प्रदेश नं ३ को आयोजनामा ‘सङ्घ, प्रदेश र स्थानीय सरकार समन्वय र सहकार्य’ विषयको अन्तरसम्वादमा मुख्यमन्त्री पौडेलले तीन तहका सरकारबीच समन्वय नभएसम्म मुलुक समृद्ध बन्न नसक्ने दाबी गरे ।
समन्वय र सहकार्यबाट मात्र ‘समृद्ध नेपाल सुखी नेपाली’को नारालाई सार्थक बनाउन सकिने मुख्यमन्त्री पौडेलको धारणा थियो ।
उनले स्थानीय, प्रदेश तथा सङ्घीय सबै सरकारका आआफ्नै समस्या भएकाले समस्याका बीचमा रहेर पनि राम्रो काम गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन सर्यो
-
इलाममा सुहाङलाई भोट माग्दै ओलीले भने– जिताउनुस्, विकासको जिम्मा म लिन्छु
-
इलाम र बझाङमा कसरी गर्दैछ निर्वाचन आयोगले आचारसंहिता अनुगमन ?
-
जीबी राईलाई सुपुर्दगी गर्न मलेसियन सरकारलाई कूटनीतिक पत्र
-
अमेरिकी जहाज निर्माण अनुसन्धान ‘झुटो आरोपले भरिएको छ’– चीन
-
दोलखामा पूर्वसुरक्षाकर्मी परिषद् बिस्तार अभियान