शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आँधीको वितण्डा : फलामको रडले छेडेर ६ वर्षीय बालकको मृत्यु

आमा मिनादेवीको प्रश्न, ‘बाबु तिमी कहाँ गयौ ?’
मङ्गलबार, १९ चैत २०७५, १५ : २१
मङ्गलबार, १९ चैत २०७५

आइतबार साँझ बाराको फेटा गाउँपालिका–२ भरवलिया बस्तीमा विनाशकारी आँधी आउँदा ६ वर्षीय नन्दलाल पटेल घरको ढोका बाहिर खेल्दै थिए ।

एक्कसी आँधी आयो ।

इट्टाले बनेको घर छिनभरमा ढल्दा उनको दायाँ कानको छेउबाट छिरेको फलामे रड अर्कोपट्टी मा निस्कियो !

नन्दलालले आफ्नो घरको ढोकामै ज्यान गुमाए ।

यसरी ६ वर्षीय बालक कहिल्यै नफर्कने गरी बिदा भए ।

अहिले घरछेउमा त्रिपाल टाँगिएको छ । त्यहीँ पटेल परिवार बसिरहेका छन् ।

मंगलबार भरवलिया पुग्दा नन्दलालका बाबु वृजित पटेल अर्धचेत भएर पल्टिइरहेका थिए ।

छेउमा वृजितका बृद्ध आमा डाँको छाडेर रुँदै थिइन्, ‘मेरो बाबु खोइ ?’

ती बृद्ध हजुरआमा कौशिलादेवीको प्रश्नको उत्तर कसैसँग थिएन ।

काठमाडौँमा बन्ने घरहरुमा मिस्त्रीको काम गर्ने वृजित छोराको मृत्यु भएको खबर सुनेर सोमबार साँझ घर आइपुगेका थिए ।

६ वर्षीय नन्दलालको मृत्युको पीडा उनको आमा मिनादेवीको मुटुमा पनि कम थिएन ।

छोराको सम्झनामा भक्कानिरहेकी मिना प्रश्न गर्दै थिइन्, ‘बाबु, तिमी कहाँ गयौ ?’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप