शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी कम्पनीको प्रलोभनमा जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै कर्मचारी

मङ्गलबार, १९ चैत २०७५, ०६ : २६
मङ्गलबार, १९ चैत २०७५

काठमाडौं - राष्ट्रिय ध्वा.जाबाहक नेपाल वायुसेवा निगमका उच्च अधिकारीहरु विदेशी वायुसेवा कम्पनीको प्रलोभनमा पर्दा पर्याप्त गन्तव्य हुँदाहुँदै पनि जहाज थन्क्याएर नयाँ गन्तव्य खोज्दै हिँडेको पाइएको छ ।

निगमले हालका गन्तव्यमा उडान संख्या थपेर जहाज उपयोग गर्न सक्ने अवस्था छ । तर, गन्तव्य नपाएको बहानामा जहाज थन्क्याएर राखिएको छ । निगमको मासिक घाटा ३१ करोड ७७ लाख रुपैयाँ छ । तैपनि भएको स्रोत, साधानको उच्चतम उपयोग गरेर आम्दानी बढाउनेतर्फ निगम व्यवस्थापन उदासीन छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडान गर्ने एक बोइङ, दुई न्यारो बडी र दुई वाइड बडी गरी पाँच जहाज छन् । तीमार्फत निगमले एक दिनमा ७० घण्टा उडान गर्न सक्छ । तर, अचेल दैनिक सरदर ३४ घण्टा मात्रै जहाज उडिरहेको तथ्यांक छ उडाउनु पर्नेभन्दा आधा समय मात्रै उडाउँदा पनि जहाजको आम्दानीमा रामै्र छ । यो समाचार नागरिकमा खिलक बुढाथोकीले लेखेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप