शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लवको समाचार सङ्कलन गर्न हिँडेका पत्रकार पक्राउ

सोमबार, १८ चैत २०७५, १२ : १२
सोमबार, १८ चैत २०७५

कास्की–नेपाल पत्रकार महासंघ कास्की शाखाका निर्वतमान उपाध्यक्ष एवं केन्द्रीय सभासद् राजेन्द्र अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । 

सोमबार बिहान पोखरा महानगरपालिका–१ स्थित पृथ्वीनारायण क्याम्पस गेटमा विप्लव निकट अखिल क्रान्तिकारीले गरेको प्रदर्शनको समाचार सङ्कलनका लागि पुगेका अधिकारीलाई कास्की प्रहरीले पक्राउ गरेकोे महासङ्घ अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिएका हुन् ।

पत्रकार अधिकारीसँगै अन्य दुई विद्यार्थी पनि पक्राउ परेको बताइएको छ । महासङ्घका अध्यक्ष श्रेष्ठले गैरकानूनी पक्राउको विरोध गर्दै अधिकारीको तुरुन्त रिहाइको माग गरेका छन् ।

महासङ्घका गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेलले समाचार सङ्कलन गर्न जाने पत्रकारलाई पक्राउ गर्ने गैरकानूनी कार्य बन्द गरी तुरुन्त रिहा गर्न माग गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप