मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

रेडक्रसको रक्तसञ्चार सेवा अब कालीमाटीबाट

सोमबार, १८ चैत २०७५, १२ : ०४
सोमबार, १८ चैत २०७५

काठमाडौं–ललितपुरको बालकुमारीबाट सञ्चालन हुँदै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवाका सम्पूर्ण सेवा गतिविधिहरुसोसाइटीको कालीमाटी, रेडक्रमार्गस्थित केन्द्रीय कार्यालय परिसरमा बनेको नयाँ भवनबाट सञ्चालन शुरु भएको छ । 
सो भवनको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष संजीव थापाले सर्वपक्षीय सहयोग र विश्वासबाट नै रक्त सञ्चार सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्न रेडक्रस सक्षम भएको बताए । उनले  सम्पूर्ण स्वयंसेवी रक्तदाता, रक्तदाताहरुको संगठन र सरकारलगाएत विभिन्न सरोकारवाला व्यक्ति र निकायहरुलाई धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगका लागि आह्वान गरे । 

२०७२ सालको भूकम्पबाट भृकुटीमण्डपस्थित केन्द्रीय रक्तसञ्चार सेवाको भवनमा क्षति पुगेपछि तत्कालका लागि आपत्कालीन सेवा केन्द्र बालकुमारीबाट सेवा सञ्चालन हुँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप