बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेटः ओखलढुङ्गामा जिप दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत

आइतबार, १७ चैत २०७५, ०६ : ००
आइतबार, १७ चैत २०७५

काठमाडौं–ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका ६ मा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेहरुको सनाखत भएको छ । 

दुर्घटनामा परी मृत्यु हुनेमा ताप्लेजुङका ४५ वर्षीय साङ्गेल शेर्पा, ५५ वर्षीय मिङ्मा शेर्पा, काठमाडौं बौद्ध बस्ने ३५ वर्षीय नुर्बु शेर्पा, ३० वर्षीय वाङ्दा शेर्पा, ४५ वर्षका डोमा शेर्पा र ४० वर्षिय ङ्वाङ सेर्तुङ शेर्पा छन् ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठका अनुसार दुर्घटनाग्रस्त जिपका चालक काठमाडौं बौद्धका अन्दाजी २५ वर्षका कृष्ण श्रेष्ठ रहेका छन् । 

 काठमाडौं बौद्ध बस्ने मृतक डोमा शेर्पाका अन्दाजी १० वर्षका छोरा ङिमा शेर्पा र काठमाडौं नयाँवस्ती बस्ने अन्दाजी ४५ वर्षका कुङसिङे शेर्पाको अवस्था गम्भीर छ । 

आइतबार बिहान सोलुखुम्बुको सल्लेरीबाट काठमाडौं जाँदै गरेको बा १६ च २२०७ नम्बरको स्कारपियो जिप मानेभञ्ज्याङ गाउँपालिकाको दरुवामा दुर्घटना भएको हो । घाइतेको उदयपुरको घुर्मीस्थत आस्था हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप