पूर्वराजाको स्वागतमा नागरिक समिति गठन
पाँचथर । पूर्वराजा ज्ञानेन्द्र शाहको पाँचथर भ्रमणलाई लिएर जनस्तरमा उत्सुकता बढ्दो छ । स्वागतका लागि नागरिक स्तरबाट मूल स्वागत समारोह समिति गठन गरिएको छ ।
प्राप्त जानकारी अनुसार, पूर्वराजा चैत्र १८ गते फिदिम आइपुग्ने कार्यक्रम छ । यसैगरी चैत्र १९ गते सुम्जिरि सुम्हालुङ आम्बेपज मन्दिर, फिदिम–४ गढीमा पूजा अर्चना गर्ने कार्यक्रम तय भएको छ ।
सोही अवसरमा गढीस्थित महागुरु फाल्गुनन्दको प्रतिमामा पूर्वराजाले फूलमाला अर्पण गर्ने बताइएको छ । राष्ट्रिय विभूतिको सो सालिक महागुरु फाल्गुनन्द अध्ययन तथा संरक्षण प्रतिष्ठानको संयोजनमा निर्माण गरिएको हे ।
जिल्लाका विभिन्न स्थानबाट पूर्वराजासँग भेटघाट स्वागत गर्न जनताहरु सदरमुकाम आउने तयारीमा छन् ।
पाँचथर बसाईको क्रममा पूर्वराजालाई स्वागत गर्न मूल स्वागत समिति गठन गरिएको छ ।
सुम्जिरि सुम्हालुङ आम्बेपज मन्दिर व्यवस्थापन समितिको तत्वाधानमा ५१ सदस्यीय नागरिक स्वागत समारोह समिति गठन गरिएको छ । नागरिक स्तरबाट मन्दिर समितिलाई स्वागत समितिको जिम्मेवारी प्रदान गरिएको हो ।
‘ऐतिहासिक फिदिम नगरीमा पूर्वराजालाई स्वागत गर्न जनतामा उत्सुकता देखिएको छ । पैदल भ्रमणदेखि मन्दिर दर्शन सम्मका सम्पूर्ण प्रबन्ध मिलाउन हामी तयारीमा छौं,’ मूल नागरिक स्वागत समारोह समितिका संयोजक नरबहादुर लावतीले बताए ।
भ्रमणको दौरान पूर्वराजाले फिदिम बजारमा पैदल हिडेर स्थानीय जनतासँग भलाकुसारी गर्ने कार्यक्रम छ । स्वागत समितिले जनाए अनुसार, होटल मानस्वीबाट पैदल भ्रमण आरम्भ गरेर, ठाडो लाइन, गणतन्त्र चोक, अस्पताल चोक हुँदै आहालगैरीस्थित लावती पार्कसम्म पैदल भ्रमणको रुट तय भएको छ ।
पाँचथरको भ्रमण समापन गरेर पूर्वराजा चैत्र १९ गते इलामतर्फ प्रस्थान गर्ने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तले क्यामेराम्यानसँग मागे माफी
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
राजधानीको चन्द्रागिरिमा सुमो दुर्घटना
-
हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन
-
जुवातास खेलिरहेको अवस्थामा ३१ जना पक्राउ
-
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ