शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मृत्युपूर्व यस्ता भएका थिए बलिउडका ‘डरलाग्दा’ भिलेन, यो रोगले लियो ज्यान

बिहीबार, १९ साउन २०७४, ११ : ३१
बिहीबार, १९ साउन २०७४

थुप्रै बलिउड र साउथ फिल्ममा भिलेनको भूमिका निर्वाह गरिसकेका नायक रामी रेड्डी उनको क्रुर भूमिकाका लागि चर्चित थिए । सन् १९९३ मा रिलिज भएको फिल्म ‘वक्त हमारा हे’ मा कर्नल चिकाराको भूमिका होस् वा ‘प्रतिबन्ध’ मा अन्नाको, रामी हरेक भिलेनको भूमिकामा खरो उत्रिन्थे । यद्यपी, २ सय ५० भन्दा धेरै फिल्ममा काम गरिसकेका रामीलाई कलेजोको रोगले गाँजेको थियो जसका कारण उनी धेरैजसो बिरामी भइरहन्थे ।

कलेजोको रोगका कारण रामीको धेरैजसो समय घरमा नै बित्ने गर्दथ्यो र बिस्तारै बिस्तारै उनी सार्वजनिक रुपमा देखिन छोडे । यद्यपी, उनी एकपटक एक कार्यक्रममा देखिएका थिए जहाँ उनलाई पहिचान गर्न मुश्किल भएको थियो ।

वास्तवमा रामी त्यतिबेला निकै दुब्लो पातलो देखिएका थिए । रामीलाई कलेजोका साथै मृगौलाको रोगले पनि च्याप्न थाल्यो जसका कारण उनको शरिरमा हड्डीमात्र बाँकी थियो । पछि उनलाई क्यान्सर पनि भएको धेरैले बताएका थिए ।

केही महिनासम्मको उपचारपश्चात् सन् २०११ को अप्रिल १४ मा सिंकदराबादको एक अस्पतालमा उनको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप