बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चाहेअनुसार शरीरको रङ्ग बदल्ने प्राणीः क्यामेलियोन

शनिबार, १६ चैत २०७५, १४ : ३७
शनिबार, १६ चैत २०७५

आफूले गरेका काम कुराहरुलाई बिर्सेर आफूलाई अनुकूल हुने गरी बदल्न रत्तिभर पनि नहिच्किचाउने मानिसलाई छेपारे प्रवृत्तिको मानिस भन्ने गरिन्छ । वास्तवमा, यो भनाइ एउटा विशेष किसिमको छेपारोको वातावरणअनुसार रंग बदल्न सक्ने क्षमतालाई हेरेर नै बनेको हो । त्यसरी रंग बदलने छेपारोलाई क्यामेलियोन भनिन्छ ।

अफ्रिका, युरोप, एशिया र उत्तरी अमेरिकामा पाइने यो जीवका १६० प्रजातिहरु पाइन्छन् । यो गुलाबी, निलो, सुन्तले, रातो, पहेलो, हरियो, समुद्री पानी जस्तो लगायत विभिन्न रंगहरुका हुन्छन् । 

सबैभन्दा रमाइलो कुरा के छ भने यसले आफू छेउको वातावरणअनुसार आफ्नो शरीरको रङ्ग परिवर्तन गर्न सक्छ । यसरी रंग बदल्ने खुबीको कारणले यसलाई आफ्नै आँखा अगाडि भएपनि सजिलै देख्न वा ठम्याउन सकिदैन । यसले रंग बदल्न सक्ने यो विशेषताको प्रयोग आफ्नो शत्रुहरुबाट बच्नका लागि प्रयोग गर्छ । त्यसो त यो जीव शत्रुबाट बच्न घण्टाको २१ माइल अर्थात् झण्डै ३४ किलोमिटरको गतिमा दौडन पनि सक्छ । यो भनेको धेरै जस्तो शिकारीहरुबाट सजिलै बच्न सक्ने गति हो ।  । यस अर्थमा क्यामेलियनले भाग्न नसक्दा चाहिँ रंग बदल्ने गर्छ भन्ने विश्वास गरिन्छ ।


क्यामेलियनले आफ्नो मुड कस्तो छ भन्ने देखाउनका लागि रंग परिवर्तन गर्ने गर्छ भनी वैज्ञानिकहरु विश्वास गर्ने गर्छन् । त्यसो गरेर उसले अरु साथीहरुलाई आफ्नो मुड कस्तो छ भन्ने प्रदर्शित गरिरहेको हुन्छ । उदाहरणका लागि, क्यामेलिनले आफ्नो रंग गाढा बनायो भने ऊ रिसाएका कुरा दर्शाएको हो । त्यसैगरी, उसले आफ्नो शरीरको रंग उज्यालो, रंगीचंगी बनाउनुको अर्थ चाहिँ आफ्ना विपरीत लिंगी साथीलाई प्रजननका लागि आकर्षित गर्न खोजेको हो भनी वैज्ञानिकहरु ठान्दछन् ।


त्यसो त क्यामेलियनले आफ्नो मुड कस्तो छ भन्ने देखाउनका लागि रंग परिवर्तन गर्ने गर्छ भनी वैज्ञानिकहरु विश्वास गर्ने गर्छन् । त्यसो गरेर उसले अरु साथीहरुलाई आफ्नो मुड कस्तो छ भन्ने प्रदर्शित गरिरहेको हुन्छ । उदाहरणका लागि, क्यामेलिनले आफ्नो रंग गाढा बनायो भने ऊ रिसाएका कुरा दशाएको हो । त्यसैगरी, उसले आफ्नो शरीरको रंग उज्यालो, रंगीचंगी बनाउनुको अर्थ चाहिँ आफ्ना विपरीत लिंगी साथीलाई प्रजननका लागि आकर्षित गर्न खोजेको हो भनी वैज्ञानिकहरु ठान्दछन् ।

त्यसैगरी, शरीरको तापक्रमलाई स्थीर राख्नको लागि पनि क्यामेयिनले रंग बदल्ने गर्छ भनी एकाथरि वैज्ञानिकहरु विश्वास गर्छन् । उनीहरुका अनुसार, जाडो हुँदा क्यामेलिनले आफ्नो शरीरको रंग गाढा बनाउने गर्छ ताकि शरीरले बढीभन्दा बढी घामको ताप सोस्न सकोस् ।

क्यामेलियोनले आफ्नो शरीरमा हुने क्रोमाटोफोर्स (Chromatophores) नाम गरेको विशेष कोषको सहायताले रंग परिवर्तन गर्ने गर्छ भन्ने विश्वास गरिँदै आइएको थियो । त्यसअनुसार, आफ्नो रंग परिवर्तन गर्नुपर्ने अवस्था आइलाग्दा क्यामेलिनको मस्तिष्कले त्यो क्रामाटोफोर्स कोषमा संकेत पठाउँछ, र त्यस संकेतका आधारमा उसको शरीरको रंग परिवर्तन हुने गर्छ ।

तर पछिल्ला चरणमा गरिएका विभिन्न अनुसन्धानका आधारमा के विश्वास गरिन थालिएको छ भने, क्यामेलियोनले रंग परिवर्तन गर्ने कुरामा त्यो कोषको मात्रै भूमिका हुँदैन । क्यामेलियोनको छालामुनि इरिडोफोर्स (Iridophores) नाम गरेका कोषहरुको एउटा तह नै हुन्छ । त्यो विशेष कोषहरु पिग्मेन्ट र प्रकाश परावर्तन गर्ने क्षमतायुक्त हज्जारौं लाखौं त्रिस्टलहरु मिलेर बनेको हुन्छ । क्यामेलियानले त्यही कोषहरुलाई चलाएर तथा त्यसको संरचनामा परिवर्तन गरेर शरीरको रंग बदल्ने गर्छ । त्यसक्रममा ती कोषहरुले प्रिज्मको जस्तै काम गर्छ, जसले प्रकाशका तरंगलाई विभिन्न वेभलेन्थमा परावर्तन गरिदिने काम गर्छ । फलतः हामी क्यामेलियोनले विभिन्न थरिका रंगहरु परिवर्तन गरेको देख्न पुग्छौं ।

क्यामेलियोन छेपारोका अन्य प्रजातिहरुको तुलनामा निकै नै अल्छे पनि हुन्छ । यसले धेरै समय सुतेर नै बिताउने गर्छ । यो विशेष गरेर रुखको हाँगाहरुमा सुत्ने गर्छ ।

त्यसो त क्यामेलियोन छेपारोका अन्य प्रजातिहरुको तुलनामा निकै नै अल्छे पनि हुन्छ । यसले धेरै समय सुतेर नै बिताउने गर्छ । यो विशेष गरेर रुखको हाँगाहरुमा सुत्ने गर्छ । सुतेको बेला हाँगाबाट नझरोस् भनेर यसले रुखको हाँगालाई हात र पुच्छरको मद्दतले दह्रोसँग समात्ने गर्छ । आफू अल्छे भएपनि यसको आहाराहरु भने निकै फूर्तिला हुन्छन् । जसमा विशेष गरेर झिँगा र अन्य स–साना किराहरु पर्छन् । तर पनि त्यस्ता जीवहरुलाई यसले आफ्नो निकै नै लामो जिब्रोको सहायताले सजिलै पक्रने गर्छ ।

शिकार देखेपछि क्यामेलियोनको मस्तिष्कबाट विशेष प्रकारको तरङ्ग पैदा हुन्छ । जसले गर्दा यसको जिब्रोको तल्लो भागमा रगतको बहाव बढ्न पुग्छ । यसो हुने बित्तिकै सामान्य अवस्थामा रहेको यसको जीब्रो तन्केर लामो हुन्छ । यसको जीब्रोको टुप्पो पनि दुई भागमा बाँडिन्छ । यसको जीब्रोमा रहेको थुक निकै नै गाढा र टाँसिने खालको हुन्छ । त्यहाँ किराहरु सजिलै टाँसिने गर्छन् । एकदमै सटिक निसानाको साथ यसले आफ्नो जीब्रो आहारा भएको ठाउँसम्म पु¥याउँछ र एक सेकेन्डभित्रैमा त्यो फेरि यसको मुखमा फर्काउँछ । यसरी जीब्रोमा भएको थुकमा टाँसिएर आहारा पनि यसको मुखमा पस्ने गर्छ ।

शिकार पक्रेर मुखभित्र फर्केपछि तन्किएको जिब्रो सामान्य अवस्थामा आउन थाल्छ । जिब्रोको लम्बाई सामान्य भएपछि त्यसले आफ्नो आहारालाई खाने गर्छ । यसरी आफू बसेको स्थान परिवर्तन नगरिकनै पनि यसले आफ्नो आहारा पक्रने गर्छ । यसरी खाना पक्रन यसको लामो जिब्रोले निकै ठूलो भूमिका खेलेको हुन्छ ।

क्यामेलियोनको अर्को एउटा विशेषता पनि हुन्छ । यसले आफ्नो दुईवटा आँखालाई दुईवटा भिन्न–भिन्न दिशामा फर्काउन सक्छ । जसले गर्दा यसले एकै पटकमा दुईवटा दिशाहरुमा हेर्न सक्छ । यदि यसलाई कुनै आहारा पक्रन प¥यो भने सबैभन्दा पहिले यसले आफ्नो दुईवटै आँखालाई बेग्लाबेग्लै दिशाहरुमा घुमाएर आहारा खोज्ने गर्छ । आफ्नो आहरा भेटेपछि यसले आफ्नो एउटा आँखालाई आहारा भएको ठाउँमा केन्द्रित गर्छ । त्यसपछि विस्तारै अर्को आँखालाई पनि त्यही ठाउँमा केन्द्रित गर्छ । यसरी यसले आहारालाई आफ्नो निसानामा राख्ने गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप