शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङका नटवरलालः महिलाहरुलाई ठगेरै फोर्ड गाडी, ८ वटा पत्रकार आईडी

शुक्रबार, १५ चैत २०७५, २० : ०४
शुक्रबार, १५ चैत २०७५

बुटवल । मुलुकमा नटवरलाल शैलीमा विभिन्न मानिसहरुलाई ठगी गर्नेहरुको कर्तुत बाहिर आएसँगै दाङ प्रहरीले एकजना डरलाग्दो ठगी गर्नेलाई पक्राउ गरी सार्वजनिक गरेको छ । 

त्यतिमात्र नभई विभिन्न महिलाहरुलाई बलात्कार गरी फरार हुने महेश पुन भन्ने भुवन धिताललाई पक्राउ गरि शुक्रवार पत्रकार सम्मेलन गरि दाङ प्रहरीले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी वेलबहादुर पाण्डेले सार्वाजनिक गरेका महेश पुन भन्ने भुवन धितालको कर्तुतहरु निकै डर लाग्दा छन् ।

दाङकै उरहरी–८ बेलनगर पुख्र्यौली घर भएका धितालले विभिन्न मुलुकमा वैदेशिक रोजगारमा छँदादेखि हालसम्म कयौं महिलाहरुलाई प्रलोभनमा पारी बलात्कार गर्दै आएको प्रहरी अनुसन्धानमा खेलेको एसपी पाण्डेले बताए । 

बिशेषतः थुप्रै महिलाहरुबाट आर्थिक र यौनशोषण समेत गर्दै आएको उजुरी परेपछि प्रहरीले निजलाई  दाङ र बाँकेको सिमनाबाट भाग्दै गरेको अवस्थामा चैत १३ गते प्रहरीले पक्राउ गरि देउखुरी जिल्ला अस्पतालमा पेश गरिएको एसपी पाण्डेले रातोपाटीलाई जानकारी दिए ।

एसपी पाण्डेकाअनुसार धितालविरुद्व ५ जनाले ठगीको सामूहिक जाहेरी र ३ महिलाबाट जबरजस्तीकरणीको बेग्लाबेग्लै उजुरी दिएपछि खोजी कार्य तिब्र पारिएको थियो । त्यसको अनुसन्धानका क्रममा प्रहरीले  उनका अन्य थुप्रै कर्तुतहरु बाहिर ल्याएको छ ।

यस्तो छ धितालको ठगी खाने पेशा

बिशेषगरि कम शैक्षिक योग्यता भएका, एकल र विदेश श्रीमान भएका महिलाहरु धितालको ठगी खाने र यौन शोषणको तारो हुने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको एसपी पाण्डेले सार्वाजनिक गरेको विवरणले देखाएको छ ।

ढुकुटी खेलाउने, त्यस्ता खालका महिलाहरुलाई प्रशस्त पैसा कमाउन सकिन्छ भन्दै पैसा उठाउने माध्यम बनाउने, फकाएर हुन्छ कि धम्काएर यौनशोषण गर्ने गरेको आरोप महिलाहरुले लगाएका छन् ।

सुरुमा ढुकुटी खेल्नेलाई केहि रकम लगानी गरेर प्रलोभनमा पारेपछि ब्ल्याङक चेक दिएर ठग्ने गरेको प्रहरीले जनाएको छ । आफूलाई म पत्रकार हुँ । तिमीहरुको कर्तुत पत्रिकामा छपाईदिन सक्छु । मेरो माथिसम्म पहुँच छ भनेर धम्काउनेसम्मको गुनासो पीडित पक्षले गरेको जनाइएको छ ।

धितालले महिलाहरुबाट ३६ प्रतिशतसम्म ब्याज सशुल्ने गरेको,  विभिन्न वाहना प्रलोभन र ब्लाकमेल गर्दै महिलाहरुको शारीरिक शोषण गरेको  थप कर्तुत समेत खुल्दै जाने भएकाले नाम गोप्य राख्ने सर्तमा समेत प्रहरीले धितालबाट भएको शोषणविरुद्व उजुरी दिन सार्वाजनिक अह्वान समेत गरेको छ ।

चेक मात्रै ८२ थान, खाली चेक २४, तमसुक ३२ फेला

प्रहरीले धितालको साथजबाट हालसम्म ८२ वटा चेक फेला पारेको छ । जसमध्ये २४ वटा पैसा नै नभएका चेकहरु फेला पारेको छ ।  रकम भएका चेकमा एक करोड ६९ लाख रहेको छ ।  विभिन्न व्यक्तिका नाममा ३२ वटा तमसुकमा एक करोड २४ लाख रुपैयाँ बराबरका असामीहरु रहेका छन् ।

प्रहरलिे ढुकुटी खेलाउने रजिष्टार  ४ वटा,  खाली तमसुक चार वटा, आफु  पत्रकार रहेको परिचय पत्र ८ वटा ।  मोबाइल २ थान, साथमा १८ हजार ५ सय नगद,  सुनको औंठी २ थान, ब्रासलेट एक थान,  बा१५च ७६६८ नम्बरको सेतो फोर्ड गाडी,  भे८प ३९५५द नम्बरको होण्डा स्कुटी बरामद गरेको छ । नीजको ठगी र अपराधका थप कर्तुत बढ्न सक्ने प्रहरीको आंकलन छ ।

जसको पृष्पठभूमि यस्तो छ

धिताल २०३५ साल जेठ १ गते वेलगारमा जन्मिएका हुन् । सामन्य किसान परिवारमा जन्मिएका उनी बेरोजगार भएर वैदेशिक रोजगारीमा  २०६० साला मलेसिया गए । 

तीन बर्ष मलेसियामा धिताल थरको ठग नामले कहलिएका उनी २०६३ सालमा घर फर्केर किसानी जीवन बिताउन थालेका थिए ।

२०६६ सालमा फेरी वैदेशिक रोजगारका लागि दुबई पुगे । २०६८ सालमा घर फर्किएका उनले साविक घोराही नगरपालिका १५ दिपशिखा रोडमा करिव ३ बर्षसम्म होटल सञ्चालन गरे । त्यसपछि सोही वडाको इन्द्रेणी टोल रोडको साइडमा टिनको एकतले घरमा होटल सारे ।

उक्त होटल ७÷८ महिना चलाए ।  २०७२ सालतिर उक्त होटल बन्द गरेर उनी  त्यो भन्दा ठूलो आम्दानी गर्ने जग्गा दलालीमा लागे । पछिल्लो उनको ठगी पेसा ढुकुटी खेलाउनु रहेको प्रहरी अनुसन्धानले देखाएको छ । 

अन्य आम्दानी र सम्पत्तिको श्रोत अनुसन्धानका लागि प्रहरीबाट थप प्रयास भईरहेको र सम्पत्ती शुद्विकरण विभागमा समेत पत्राचार गरिएको एसपी पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप