शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘जो दिदी बनेर आइन्, श्रीमती बनेर गइन्’

लाखौँ कुम्ल्याएर हिँड्दै घरदेशी, बिल्लीबाठ हुँदै परदेशी
शुक्रबार, १५ चैत २०७५, १७ : १५
शुक्रबार, १५ चैत २०७५

बुटवल ।  नेपाली चलचित्र ‘परदेशी’मा जस्तै वैदेशिक रोजगारले कतै कारुणिक वियोगान्त कथा निम्त्याएको छ, कतै सफलताको त  कतै लज्जास्पद यौन विकृतिको घटना पनि ।

श्रीमान विदेश, फोनमा श्रीमतीको अघात माया । तर,यथार्थमा भने श्रीमतीको अर्कै हर्कत । अन्ततः विदेशको कमाई र जीवनकै योजना चौपट हुन्छ ।  

यही विकृतिको चपेटा र पीडामा अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४, केरुङ्गाका ३६ वर्षीय चन्द्रकान्त परियार (दर्जी) परेका छन् । 

२५ वर्षीया श्रीमती तारा परियारले बिल्लीबाठ बनाएर फरार भएको भन्दै उनले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा उजुरी हाले । 

तर, प्रहरीले पनि त्यसबारे खोजतालस गर्न नसकेको उनी गुनासो गर्छन् ।

यस्तो छ पीडित परियारको पीडा 
११ बर्षसम्म साउदी अरबको तातो घाम खाँदै कमाएको रकमले दर्जी आफ्नी श्रीमती तारा र दुई सन्तानलाई सुखी–खुसी र शिक्षित बनाउन चाहन्थे । त्यसका लागि गाउँबाट श्रीमतीलाई ६ बर्षअघि डेरा खोजेर बुटवल ल्याएर राखे । ११ बर्षे साउदीको कमाईले बुटवलमा घडेरी पनि किने । 

बुटवलको घडेरी बेचेर राम्रो ठाउँमा अर्को घडेरी किनेर घर बनाउने तयारीमा थिए उनी । त्यही योजनाअनुसार साँढे १७ लाखमा बुटवलको घडेरी पनि बेचे । श्रीमती तारामाथि अविश्वास पनि गरेनन् । दुखजीलो गरेर आर्जेका रकम श्रीमतीकै खातामा थियो । 

अहिले उक्त खातामा एक पैसा पनि छैन । नेपाल फर्र्किंदा साउदीबाट ल्याएको ८ तोला सुनका गहना पनि सँगै लगेर श्रीमती हिँडेपछि दर्जी यतिबेला तनावमा छन् । दर्जी भन्छन्, ‘म यूरोपको लागि भीषा लगाउन इण्डिया गएका बेला पनि श्रीमतीले आमा समूहमा पैसा तिर्नुपर्यो भनेर माग्नि । सरसापटी गरेर १० हजार पठाएँ ।’ 

चन्द्रकान्त परियार (दर्जी)

त्यसको दोस्रो दिन अर्थात १८ दिनअघि बुटवलबाट ७ बर्षको छोरा स्कुल गएको मौका छोपेर तारा कोठाबाट हिँडेको छिमेकीहरुले आफूलाई भनेको उनले बताए । उनले भने, ‘३ वर्षीया एक छोरीलाई भने उनले पहिले नै घर पठाइसकेकी रहिछन् ।’

छिमेकीहरुले देखेअनुसार उनी पाल्पाको वर्तुङ्ग भन्ने स्थानका विक्रम विकसँग अटोमा चढेर हिँडेकी छन् । अहिले उनीहरु दुवै जनाले चलाउने मोबाइल नम्बर समेत ‘अफ’ छ । 

विक्रम विक बुटवलको जानकरी नगरस्थित दर्जीको परिवार बस्ने घरको माथिल्लो फ्ल्याटमा श्रीमती, छोराछोरीसहित डेरा गरेर बस्थे । दर्जी भन्छन्, ‘मैले ती बालबच्चाका बाबुसँग त्यस्तो सम्बन्ध होला भनेर शंका गर्ने कुरै भएन । पहिला हाम्रो कोठा ड्राईभर टोलमा थियो । उ  सँग त्यस्तो सम्बन्ध रहेछ र पो एउटै घरमा कोठा सारेकी रहिछन् ।’

यसो भन्छिन् विक्रम विककी श्रीमती माया विक :-
‘जो दिदी बनेर आइन्, श्रीमती बनेर गइन्’

दर्जीकी श्रीमती भगाएको आरोप लागेका विक्रम विककी श्रीमती माया विक भन्छिन्, ‘तारासँग हाम्रो एउटै परिवारको जस्तै नजिकको सम्बन्ध पहिलेदेखि थियो । मेरो श्रीमानभन्दा पाँच बर्षे जेठी हुन् उनी ।  ताराले उहाँ (श्रीमान) लाई दाजु मान्दै आएकी थिइन् ।’

तीजलगायतका चाडपर्वमा हामीले चेलीबेटी भनेर बोलाउने गरेको उनले बताइन् । उनले आँखाभरी आँशु पार्दै भनिन्, ‘यसपालीको तीजमा पनि बहिनीकै नाताले बोलाएका थियौं ।’

‘म सुत्केरी भएको सात महिना भयो । मेरो अस्पतालदेखि घरसम्म सुत्केरी स्याहार गर्ने र बच्चाको हेरविचार गर्ने उनै तारा हुन् ।  त्यसरी  दाजुबहिनीको पवित्रा नाता सम्बन्ध राखेकी तारा अहिले श्रीमती बनेर हिँडेको भन्ने कुराले मान्छेको बिश्वास हराउँदै गएको महसुस भएको छ । 

भित्री रुपमा त्यस्तो गलत सम्बन्ध छ भन्ने शंका गरेको भए राम्रो हुने रहेछ । अहिले म बुटवलको डेरामा अलपत्र जस्तै छु । श्रीमानले पाँच बर्षकी जेठीसँगै मेरो ५ वर्षीया छोरी टिपेर हिँडेका छन् । चिनेजानेकाले अटोमा उनीहरुसँगै हिँडेको देखेको कुरा आफूलाई सुनाउँदा तारालाई भगाएकै हो भन्ने लागेको छ ।

एउटी  महिलाले म अर्की महिलालाई पीडित बनाउँदै हिँडेकी छन् । मेरी ५ वर्षीया छोरी टिपेर नगएको भएपनि यस्तो पिर पर्दैन्थ्यो । मैले पनि श्रीमानको खोजतलास गरि पाउँ भनि प्रहरीमा उजुरी दिएकी छु ।’  

एउटी  महिलाले म अर्की महिलालाई पीडित बनाउँदै हिँडेकी छन् । मेरी ५ वर्षीया छोरी टिपेर नगएको भएपनि यस्तो पिर पर्दैन्थ्यो । मैले पनि श्रीमानको खोजतलास गरि पाउँ भनि प्रहरीमा उजुरी दिएकी छु ।’  

छोराछोरीको रुवावासीले गह भरिन्छ

‘उसले (विक्रमले) मायासँगै बसेकी ५ बर्षकी छोरीलाई माया मारेर जान सकेन् । सँगै छोरीलाई पनि लिएर गयो । यता मेरी श्रीमतीले ३ बर्षकी छोरीलाई समेत छाडेर बिचल्ली पार्दै हिँडिन्,’ पीडित परियारले गला अबरुद्ध पार्दै भने, ‘एकैसाथ दाजुबहिनीले आमा सम्झेर रुवाबासी गर्दा मेरो गह भरिन्छ ।’ 

फोनमा कुराकानी गरिरहँदा पृष्ठभूमिमा तीनै बालबालिकाहरु आमा पुकार्दै रुँदै थिए ।  ताराको माइतीघर गुल्मीको मालिका गाउँपालिका–१ नेटा गाउँ हो । उनलाई मुसिकोट–३, थुम्का पुख्र्यौली घर भई गुल्मीकै सिमिचौरमा कपडा सिलाउने पेशा गर्ने किसान परियारले विवाह गराइदिएका थिए । 

‘हामी सबैको नाक फालेर श्रीमानले विदेशमा कमाएको रकम बिल्लीबाठ पारेर तारा हिँडिन्,’ किसान परियारले भने, ‘ताराको खोजतलासका लागि सहयोग गरि दिनुप¥यो ।’ उनीहरु भारतको दिल्ली पुगेको हुनसक्ने उनको श्रीमानको आशंका छ ।

बुटवलमै एक घरदेशीको चर्तिकला यस्तोसम्म ! 
बुटवल डेरा गरि बस्ने गुल्मीकी एक महिलाले २५ वर्षमा दुईवटा बिहे गरिन् । तीन सन्तान जन्माइन् । उनको दुवै श्रीमान विदेशमा थिए । 

ती दुई श्रीमानलाई बिल्लीबाठ पार्दै विदेशमै रहेका अर्का पुरुषसँग उनी तेस्रो बिहे गर्ने तयारीमा थिइन् । तेस्रो विवाह गर्ने उद्घोष गरेकी उनलाई माइतीजन त्यसो हुनबाट रोक्ने प्रयासमा जुटे । 

एकोहोरो मायाले करोडौंको घर र श्रीमान दुवै गुमे
कोरियामा श्रीमान । काठमाडौंमा घर बनाएर राखेकी एक महिला गुल्मीकै एक विवाहित पुरुषसँग मोहित हुँदै बुटवल आएर अलपत्र परेकी छिन् ।  ती महिलाले एकहोरो मन पराएका कारण विवाहित पुरुषले दोस्रो विवाह गर्न चाहेनन् । 

‘विहे गरेन भनेर मलाई उनले पटक–पटक ब्ल्याकमेल गरेर बदनाम गर्दै हिँडेकी छन्,’ ती पुरुषले भने, ‘सामाजिक प्रतिष्ठा भएको मान्छेले कसरी दोस्रो बिबाह गर्न सक्छु ।’

ती महिलाले भने उनको मायामा आफूले पूर्वपतिको करोडौंको घर, नगद र छोराछोरी त्यागेर सडकमा रुनुपरेको गुनासो पोखिन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप