वास्तु टिप्सः आर्थिक संकट कम गर्न घरमा राख्नुहोस् यी ५ चीज
एजेन्सी – नेपाली परम्पराअनुसार धेरैले धर्मकर्म र बास्तुमा विश्वास गर्छन् । भनिन्छ, वास्तु नमिल्दा घरमा नकारात्मक प्रभाव पर्ने बताइन्छ । घरमा हरेक कुरा उचित स्थान र दिशामा हुनुपर्ने बास्तु शास्त्रमा उल्लेख गरिएको पाइन्छ । यसले आर्थिक तथा पारिवारिक संकट र चिन्तालाई कम गर्छ । बास्तु शास्त्रका अनुसार केही यस्ता चीजहरु छन् जसलाई घरको सही स्थानमा राख्दा सुख र समृद्धि आउँछ ।
लाफिङ बुद्ध
आर्थिक सफलता प्राप्त गर्नको लागि हरेक व्यक्तिको घरमा लाफिङ बुद्ध राख्न जरुरी हुन्छ । लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्नुपर्छ । बुद्धलाई समृद्धिका देवता मानिन्छ । बुद्धको मुस्कानले समृद्धि आउँने विश्वास गरिन्छ ।
सुनौलो माछा
घरमा पनि सुनौला माछा राख्दा सौभाग्य बढ्ने मान्यता रहेको छ । यसले धन, मान, सम्मानमा वृद्धि गर्ने विश्वास गरिन्छ । तर, यसलाई बेडरुम, भान्साकोठा र बाथरुममा कहिल्यै पनि राख्नुहुँदैन ।
कछुवा
कछुवालाई शुभ जीव मानिन्छ । यसलाई घरमा राख्दा सफलता र धन–दौलत र खुशीयाली बढाउने सुचकको रुपमा लिइन्छ । यसलाई अफिसमा वा घरको उत्तर दिशामा राख्नुपर्छ ।
तीनवटा सिक्का
घरको ढोकामा रातो रिबनमा तीनवटा सिक्का बाँधेर राख्दा घरमा धन र समृद्धि आउँने बताइन्छ । यसको लागि रातो रिबनमा जम्मा तीनवता सिक्का बाँधेर ढोकाको भित्रपट्टि राख्नुपर्छ । बाहिर राख्दा लक्ष्मी बाहिर हुने मान्यता छ ।
ड्र्यागनको जोडी
ड्र्यागनको जोडी समृद्धिको प्रतिक हो । सबैभन्दा धेरै उर्जा यसको खुट्टाको पञ्जामा हुन्छ । यसलाई चार दिव्य प्राणी मध्येमा एक मानिन्छ । यसले पुरुषत्व, हिम्मत र बहादुरीको प्रतिक मानिन्छ । यसमा अपार शक्ति हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
छात्रवृत्ति दरखास्तका लागि त्रिभुवन विश्वविद्यालयले थप्यो समय
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)