शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

शौखिन नीता अम्बानीः ४० लाखको लिपिस्टिक, ३ लाखको चिया

बुधबार, १३ चैत २०७५, १० : ५७
बुधबार, १३ चैत २०७५

एजेन्सी – एसियाकै धनि मुकेश अम्बानीकी श्रीमती नीता अम्बानीको जीवनशैलीप्रति धेरैले चासो राखेको पाइन्छ । उनी   व्यवसायी महिला हुन् यसका साथै उनको पहिरन, रहनसहन र दैनिक जीवनयापन आम महिलाको भन्दा फरक छ । उनको विलासी जीवनशैलीले धेरैलाई आश्चर्यमा पनि पार्ने गर्दछ ।

निजी जेट विमान, महङ्गा कार, ब्रान्डेड घडी र व्याग मात्र होइन उनका हरेक सामान यति उच्च कोटीका हुन्छन् कि कुनै एक साधारण महिलाको लागि वर्षौसम्म जीवनयापन गर्न पुग्ने खर्च हुन आउँछ । 

उनले दैनिक जीवनयापनका क्रममा प्रयोग गर्ने यी सामानहरु जुन कुनै साधारण मानिसले कल्पना पनि गर्न सक्दैनः 

३ लाख (भारु) चिया 
 नीता अम्बानीले दैनिकी चियाबाट सुरु हुन्छ । उनी हरेक विहान जापानको सबैभन्दा पुरानो क्र्रेरी ब्राण्डको नोरिटेकको कपमा चिया पिउँने गर्छिन् । यो कपको मूल्य ३ लाख भारु पर्छ ।

कारको सोख
नीता अम्बानीको मनपर्ने कार ‘मेबेक ६२’ हो । जुन उनका पति मुकेश अम्बानीले उनलाई उपहारको रुपमा लण्डनबाट मगाएका थिए । ‘मेबेक ६२’ कार भारतमा भित्र्याउने पहिलो व्यक्ति हुन् मुकेश अम्बानी । यसको मूल्य १० करोड भारु पर्छ । 

स्टाइलिश जुत्ता 
नीता अम्बानी कहिल्यै पनि दोहोर्याएर जुत्ता लगाउँदिनन् । उनी धेरैजसो गार्सिया, जिम्मी चू, पेलमोडा, पाड्रो, मार्लिन जस्ता ब्राण्डेड जुत्ता लगाउँछिन् । उक्त जुत्ताको मूल्य ५ लाख भारु पर्छ । 

घडीको कलेक्शन 
उनी घडी पनि ब्राण्डेड नै लगाउँछिन् । उनीसँग बुल्गरी, कार्टियर, राडो, गुच्ची, केल्विन क्लाइन र फान्सिल जस्ता ब्राण्डको घडिको कलेक्शन छ । यी घडीहरुको मूल्य १० देखि २० लाख पर्छ । 

गर–गहना 
उनी परम्परागत गर–गहना लगाउँन मन पराउँछिन् । कार्यक्रमहरुमा भने उनी हिराको औँठी सधैँ लगाउँछिन् । यसको मूल्य करिब ५ देखि ७ लाख भारु पर्छ । उनलाई यो औँठी अम्बानीले प्रेम प्रस्ताव राख्दा दिएका थिए ।

सारी कलेक्शन 
उनीसँग अन्य सामान जस्तो महङ्गा सारीको कलेक्शन छ । उनका सारीको चर्चा बारम्बार भइरहन्छ । उनको सारी लगभग ४० लाख बराबरको हुन्छ । उनी अब्बू जानी सन्दीप खोसला, अनामिका खन्ना, मनीष मल्होत्रा जस्ता डिजाइनरले बनाएको सारी लगाउने गर्छिन् । 

व्याग
उनीसँग संसारकै सबैभन्दा महङ्गो व्याग कलेक्शन छ । शनेल, गोयार्ड, जिम्मी चू ब्राण्डका व्यागको मूल्य लगभग ४ लाख भारुबाट सुरु हुन्छ । 

लिपिस्टिक
कार्यक्रमहरुमा नीता अम्बानी मेकअप गरेर नै उपस्थित हुने गर्छिन् । उनको एक्सक्लुसिब अर्डरमा बन्ने लिपिस्टिकको मूल्य ४० लाख भारु रहेको छ । 

निजी जेट
नीता अम्बानीको आफ्नौ प्राइभेत प्लेन छ । जुन उनलाई मुकेश अम्बानीले उनको जन्मदिनमा  दिएका थिए । उक्त प्लेनको मूल्य ४१५ करोड भारु रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप