शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसले तोक्यो महाराष्ट्रका लागि ४० मुख्य चुनाव प्रचारक

मङ्गलबार, १२ चैत २०७५, २१ : १६
मङ्गलबार, १२ चैत २०७५

नयाँ दिल्ली– भारतीय राष्ट्रिय काँग्रेसले महाराष्ट्रमा पहिलो दुई चरणमा हुने लोक सभा निर्वाचनका लागि प्रचारकहरुको सूची तयार पारेको छ । 
पार्टीले मङ्लबार सार्वजनिक गरेको सूचीमा ४० जना नेताहरुको नाम रहेको अधिकारीहरुले जानकारी दिएका छन् । 
सूचीमा काँग्रेस अध्यक्ष राहुल गान्धी, युपिए अध्यक्ष सोनिया गान्धी, पूर्वप्रधानमन्त्री डा मनमोहन सिंह, पार्टीका बरिष्ठ नेताहरू माल्लिकार्जुन खार्गे, गुलाम नाबी आजाद र सुशील कुमार शिन्देलगायत रहेका छन् । तोकिएका नेताहरुले ती निर्वाचन क्षेत्रका लागि पार्टीबाट उठाइएका उम्मेदवारलाई जिताउन हरेक प्रयास गर्नुहुने पार्टीले जनाएको छ । 
महाराष्ट्रमा ४८ सिटका लागि निर्वाचन हुन लागेको छ । सात चरणमा हुने लोकसभा निर्वाचन यही अप्रिल ११ देखि सुरु हुन लागेको छ । निर्वाचन मे १९ सम्म चल्नेछ । 
महाराष्ट्रमा भने अप्रिल ११ देखि सुरु भई पहिलो चार चरणमा निर्वाचन हुनेछ । निर्वाचनको नतिजा भने मे २३ मा घोषणा गरिने निर्वाचन आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप