बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

फोर्ड फिगोको २०१९ संस्करण बजारमा, यस्ता छन् विशेषता

मङ्गलबार, १२ चैत २०७५, १९ : १३
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं– फोर्डले आफ्नो प्रख्यात फोर्ड फिगोको २०१९ संस्करण बजारमा ल्याएको छ । कम्पनीले मौलिक स्टायल, शक्तिशाली इन्जिन, मितव्ययी र आरामदायी यात्रालाई अझ परिमार्जित गरी २०१९ संस्करणको फोर्ड फिगोको बजार मूल्य २४ लाख ९९ हजार तोकेको छ ।

नयाँ संस्करणमा शक्तिशाली इन्जिन र १२०० भन्दा बढी परिवर्तन, आकर्षक डिजाइन, अगाडी र पछाडीको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्राण्ड न्यु इन्टिरियेर गरेको छ । त्यसैगरी, नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लि. पेट्रोल र १.५ लि. डिजेल इन्जिनका साथ प्रस्तुत गरेको छ ।

आफ्नो श्रेणी मा नै उत्कृष्ट शक्तिशाली इन्जिन, सुरक्षित प्रविधि, उत्कृष्ट ग्राउन्ड क्लियरेन्स र कनेक्टीभिटी र मनोरञ्जनका लागि ७ इन्च टचस्क्रीन रहेको कम्पनीले बताएको छ । पूर्णतया सन्तुष्टि तथा अद्भुत मितव्ययी स्वामित्वता भएको नयाँ संस्करण ग्राहकको रोजाईको भएको कम्पनीको दावी छ ।

नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङ्गहरुमा उपलब्ध हुनेछ । फोर्ड फिगो प्रथम गाडी खरीदकर्ता तथा आफ्नो मूल्यको पूर्ण लाभ खोज्नेहरुको लागि पहिलो रोजाइको रुपमा रहँदै आएको कम्पनीले जनाएको छ ।

नयाँ संस्करणमा यी गुणहरुका साथै आजको आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषताहरु समावेश गरी ग्राहकवर्गलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको हो ।

शक्तिशाली इन्जिन र उत्कृष्ट सवारी

फोर्डको विश्वव्यापी फन टु ड्राइभ दर्शनका साथ नयाँ फिगोमा हलुका, इन्धन उपयोगी ३ सिलिण्डरयुक्त १.२ लिटरको  पेट्रोल इन्जिन जडान गरिएको छ । यो नयाँ प्रविधियुक्त इन्जिनले .९६ पीएस पावर, १२० एलएम टर्क प्रदान गर्दछ ।

साथै डिजेल गाडीका पारखीहरुका लागि १.५ लिटर इन्जिन जडान गरिएको छ जसले १०० पीएस पावर प्रदान गर्दछ । इन्धन खपत मात्र २५.५ कि.मी.÷लि.रहेको छ  । यी दुवै इन्जिनयुत्त फोर्ड फिगो ५ – स्पीड ट्रान्समीसन मा उपलब्ध हुनेछ र यो पहिलेको भन्दा १५ प्रतिशत हलुका हुनुका कारण बढी इन्धन बचत हुनेछ । साथै पहिलेको संस्करणहरु भन्दा नयाँ फिगोमा करिब ४० प्रतिशत कम गेयर आयलको उपभोग हुनेछ ।

फिगोको सबै मोडेलमा दुईवटा एयर ब्याग राखिएको छ । यसका साथ सुरुक्षालाई अझ सशक्त बनाउन एन्टी लक ब्रेकिङ सिस्टम र ईएसपी ले गाडीलाई मोडहरुमा हाक्न पनि सजिलो बनाएका छ र समग्रमा फोर्ड फिगो चलाउन एक रमाइलो र आरादायी गाडीको दर्जामा रहने विश्वास लिएको छ । चालक तथा यात्रुको मनोरञ्जनका लागि यसमा ७ इन्चको टचस्क्रीन सिस्टम राखिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप