स्वर्ण विजेता अजितलाई मोटरसाइकल पुरस्कार
काठमाडौं– हङकङमा हालै सम्पन्न तेस्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी अजितकुमार यादव सम्मानित भएका छन् । नेपाल एथलेटिक्स संघले मंगलबार अजितलाई टिभिएस मोटरसाइकल र उनका प्रशिक्षक धनीराम चौधरीलाई एक लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेको हो ।
सोही अवसरमा अजितलाई गोल्छा अर्गनाइजेसन, नबिल बैंक, गोल्डस्टार, रुस्लान र अन्नपूर्ण होटलले एक वर्षको लागि मासिक १२ हजार रुपैयाँको दरले प्रायोजन पनि गरेको छ । अन्नपूर्णले अजितलाई एक बर्षको जिम र पौडी सेवा निशुल्क उपलब्ध गरेको छ ।
विभागीय टोली एपीएफ क्लबबाट खेल्दै आएको अजितले अजितले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेका थिए । अजितले निर्धारित दूरी आठ मिनेट ३०.३२ सेकेन्डमा पूरा गरेका थिए । हङकङमा उनले आफ्नै नाममा रहेको जुनियर राष्ट्रिय कीर्तिमानमा पनि सुधार गरेका थिए । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारेका थिए ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने कुनैपनि अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण पदक हो । समग्रमा भने यो दोस्रो पदक हो ।
४५ वर्षअघि सन् १९७३ मा फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा नेपालका जितबहादुर केसीले म्याराथनमा काँस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ
-
आखिर किन तोडिँदै छ जारी आईपीएलमा एकपछि अर्को सर्वाधिक रनको कीर्तिमान
-
बढ्दो सहरीकरणले भूकम्पीय जोखिम बढायो : राष्ट्रपति पौडेल
-
उपनिर्वाचनमा आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने
-
चेल्सीलाई पराजित गर्दै आर्सनल शीर्ष स्थानमा उक्लियो
-
विना विभागीय मन्त्री व्यवस्थापन गर्न मुख्यमन्त्री जम्कट्टेललाई सकस