केन्द्रीय संस्करण

कमल थापाले मनोनित गरे २ दर्जन केन्द्रीय पदाधिकारी (नामसहित)

person explore access_timeचैत १२, २०७५ chat_bubble_outline0

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्षहरुसहित २५ पदाधिकारी मनोनयन गरेको छ ।  पार्टी अध्यक्ष कमल थापाले मंगलबार पार्टी विधान बमोजिम मौजुदा पदाधिकारीको संख्यामा थप गर्ने गरी २५ पदाधिकारी मनोनयन गरेका हुन् ।

मनोनयन हुनेमा बरिष्ठ उपाध्यक्षहरु बुद्धिमान तामाङ(धादिङ), राजिव पराजुली (पर्सा) रहेका छन् भने उपाध्यक्षहरुमा प्रेमबहादुर भण्डारी (बाँके), टंक ढकाल (भोजपुर), नरेन्द्रबहादुर चन्द (बैतडी), तोरणबहादुर गुरुङ (स्याङजा), रोशन कार्की (ललितपुर), भिमप्रसाद गौचन (म्याग्दी) र महेशलाल महासेठ (सिरहा) रहेका छन् ।

त्यस्तै सो पार्टीको महामन्त्रीमा रोजन्द्र लिङदेन (झापा) र धवलशम्शेर जबरा (बाँके) रहेका छन् । त्यस्तै सो पार्टीमा सहमहामन्त्री ६ जना, प्रवक्ताहरु ३ जना, सहायक महामन्त्रीहरु  २ जना, सहायक प्रवक्ता १ जना मनोनित भएका छन् ।

मनोनित हुनेहरुको नाम र ठेगाना विज्ञप्तिमा हेर्नुहोस्: 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...