शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा पनि विप्लव समूहमाथि निगरानी, बुझाइयो विरोधपत्र

मङ्गलबार, १२ चैत २०७५, १७ : २१
मङ्गलबार, १२ चैत २०७५

बुटवल– भारत सरकारले पनि विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तामाथि निगरानी बढाउन थालेको छ । प्रदेश पाँचबाट नयाँ दिल्लीमा कार्यरत नेपालीहरुले भारत सरकारले पनि सो समूहमाथि निगरानी बढाउँदा आफुहरु पीडित बनेको गुनासो गरेका हुन् ।

विप्लव नेतृत्वको  नेकपानिकट प्रवासी नेपाली जनसमाज भारतका सदस्य समेत रहेका बाबुलाल नेपाली सहितका कार्यकर्ताहरुले भारत सरकारले समेत आफ्नो पार्टीविरुद्ध निगरानी बढाएको भन्दै गुनासो गरे । ‘नेपाल सरकारले प्रतिबन्ध लगाएदेखि नै भारत सरकारले पनि हामी माथि निगरानी बढाउन थालेको छ’ नेपालीले भने, ‘हाम्रो संगठनको लेटरप्याड र छाप प्रयोग गर्न समेत प्रतिबन्ध लगाइएको छ ।’

सो संगठनले भारतस्थित नेपाली दूतावासमा विरोधपत्र बुझाउँदै नेपाल सरकारले लगाएको प्रतिबन्धको घोर भत्र्सना गरेको छ ।  सो संगठनका केन्द्रीय अध्यक्ष आजद सेन थापाद्धारा हस्ताक्षरित विज्ञप्तिमा नेपाल सरकारको विरोध गर्दै प्रतिबन्ध समस्याको समधान नभई वार्ता र सम्वाद एक मात्र विकल्प भएको उल्लेख छ ।

राष्ट्रियता,जनतन्त्र र जनजिविकाको सवालमा अहिलेको सरकार असफल भएको आरोप लगाउँदै तीनै सवालहरु उठाउँदै आएको पार्टीलाई प्रतिबन्ध लगाउनु लोकतन्त्रविपरित भएको सो संठनको ठहर छ । उनीहरुले नेपाल र भारतमा समेत लगाउन थालिएको प्रतिबन्ध तत्काल फुकुवा गर्न समेत नेपाल सरकारसँग माग गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप