शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एसईईका परीक्षार्थी कमल त्रिशुली नदीमा बेपत्ता

मङ्गलबार, १२ चैत २०७५, १५ : ११
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) दोस्रो दिनको नेपाली विषयको परीक्षा सकेर त्रिशुली नदिमा नुहाउन गएका एक विद्यार्थी बेपत्ता भएका छन् । 

गण्डकी गाउँपालिका–६ बन्टारका १७ वर्षीय कमल चेपाङ सोमबार दिउँसो त्रिशुली नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । 

गण्डकी गाउँपालिका–६ का वडाध्यक्ष जीवन गुरुङका अनुसार बेनीघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै नुहाउन गएका कमल पौडी खेल्ने क्रममा बेपत्ता भएका हुन् । 

ज्ञानमार्ग माध्यमिक विद्यालय घ्याल्चोकमा डेरा लिएर बसेका कमल स्कुलका जेहेन्दार विद्यार्थी भएको उनले बताए । 

हालसम्म कमलको शव फेला परेको छैन् । यतिबेला नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरु मिलेर बेपत्ता कमलको शव खोजी भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप