शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दाङ प्रहरीद्वारा फरार अभियुक्त पक्राउ

मङ्गलबार, १२ चैत २०७५, १३ : ३८
मङ्गलबार, १२ चैत २०७५

बुटवल– जिल्ला प्रहरी कार्यालय दाङले पाँच बर्षदेखि फरार एक अभियुक्तलाई पक्राउ गरेको छ ।  

दाङ जिल्ला अदालतले २०७३ साल चैत्र १६ गतेका दिन लेनदेन देवानी मुद्धामा दोषी ठहर गरिएका तुल्सीपुर उप–महानगरपालिका–५ (ग) लाईन बस्ने बर्ष ३९ का यादवप्रसाद भण्डारीलाई सोही नगरपालिका–५ को गुमराहचोकबाट पक्राउ गरेको दाङ्गका प्रहरी प्रवक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए  ।

जिल्ला अदालत दाङ्गले १ लाख ३५ हजार कोटर्फी  रकम ४ हजार ८ सय ७४ रुपैयाँ  र  साउन ९ गते देखि भरी भराउ हुँदाका दिन सम्मको ब्याज भराई पाउने ठहर गरि भएको फैसला बोमोजिम साँवा, ब्याजसहित ल्याई अदालतमा उपस्थित हुने भनि सुचना म्यादसहित पठाउँदा समेत उपस्थित नभएका हुँदा विगो वाफतमा पुनः ६ महिना कैद गर्ने गरि २०७४ चैत्र १६ गते  पुनः सो अदालतले फैसला गरेको थियो ।

भण्डारीलाई  आजै अदालतको आदेशअनुसार कारागारमा बुझाईएको जिल्ला प्रहरी प्रमुख एसपी वेल पाण्डेले बताए ।  उनका अनुसार लेनदेन देवानी मुद्दामा भण्डारी पाँच बर्षदेखि फरार थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप