बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

किङ्गस् प्यालेस गीति नाटक ‘द्वन्द्वका घाउहरु’

मङ्गलबार, १२ चैत २०७५, १२ : ५८
मङ्गलबार, १२ चैत २०७५

काठमाडौं – देशमा चलेको १० बर्ष लामो सशस्त्र द्वन्द्वबाट पीडित हुन पुगेका, बेपत्ता भएका र सर्वसाधारण भोग्नु परेका पीडाको बिषय समेटिएको गीति नाटक ‘द्वन्द्वका घाउहरु’ मञ्चन हुने भएको छ । 

कला संगत नेपालले आगामी १६ चैत्रमा काठमाडौंको उत्तर ढोकास्थित किङ्गस् प्यालेसमा आयोजना हुन लागेको विविध साँस्कृतिक कार्यक्रममा उक्त नाटक मुख्य आकर्षणको रुपमा प्रस्तुत गर्न लागेको हो ।
राष्ट्रिय जनकलाकार हिरालाल भुजेल ‘गोविन्द’ को लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको नाटक केही अगाडि पनि मञ्चन भएको थियो । 

हिरालाल भुजेल, रविन गहतराज, वृन्दा आचार्य, शिव गौतम, अर्जुन सुनाम लगायत कलाकारको नाटकमा अभिनय देख्न सकिन्छ । कार्यक्रममा विभिन्न लोकप्रिय कलाकारको गीत तथा नृत्यको बेजोड प्रस्तुति पनि रहेको आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप