शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रियंकाको खुलासाः श्रीमानसँग लामो समयसम्म टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’

मङ्गलबार, १२ चैत २०७५, १२ : ५१
मङ्गलबार, १२ चैत २०७५

भारतीय नायिका प्रियंका चोपडा नवविवाहित हुन् । उनी आफ्नो कामको सिलसिलामा यात्रा गरिराख्नुपर्छ । त्यसकारण श्रीमान् निक जोनससँग निकै कम भेट हुन्छ । यस्तो अवस्थामा उनले आफ्नो श्रीमानसँगको आत्मीयता कायम राख्न प्रविधीको सहारा लिने गरेको बताइन् ।

३६ वर्षे नायिकाले २६ वर्षे श्रीमानसँग धेरै समयका लागि टाढा हुँदा ‘सेक्सटिङ र फेसटाइम सेक्स’ मा विश्वास राख्ने बताइन् ।

प्रियंका र निकले गत डिसेम्बरमा विवाह गरेका हुन् । गत बिहिबार एन्डी कोहनको कार्यक्रम वाच ह्वाट ह्यापन लाइभमा कार्यक्रमका प्रस्तोताले ‘धेरै समयका लागि श्रीमानसँग टाढा हुँदा सेक्सटिङ र फेसटाइम सेक्समा विश्वास गर्नुहुन्छ ’ भन्ने प्रश्नमा उनले तत्काल जवाफ दिइन्, ‘पक्कै पनि’ ।

उक्त कार्यक्रममा उनले श्रीमानको रौं खौरन पनि सहयोग गरेको बताइन् । यसबारे उनले स्पष्टिकरण दिँदै भनिन्, ‘उनको टाउको पछाडिको रौं ।’

उनले थपिन्, ‘एकपटक, मात्र एकपटक । उनको टाउको पछाडि मात्र ।’

विवाहमा कसले सबैभन्दा राम्रो उपहार दियो भन्ने प्रश्नमा प्रियंकाले भनिन्, ‘सबैभन्दा राम्रो कुरा त के हो भने केभिनले हामीलाई वाइनको सयौं बोतल ल्याइदिए र जोले यस्तो फ्रिज उपहारमा दिए जुन खोल्दा कारजस्तो देखिन्थ्यो ।’

प्रियंकाले यसअघि लामो सम्बन्धका लागि एकअर्कामा विश्वास र सम्मान हुनुपर्ने बताएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप