बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी कम्पनी बोइङ सकंटग्रस्त : युरोपेली एयरबसले चीनबाट पायो ३०० विमानको अर्डर

मङ्गलबार, १२ चैत २०७५, १२ : ११
मङ्गलबार, १२ चैत २०७५

एजेन्सी । पछिल्लो अमेरिकी विमान निर्माता बोइङ ७३७ म्याक्समा देखिएको समस्याका कारण संघर्षरत छ । बोइङको यस संकटको फाइदा उसको सबैभन्दा ठूलो प्रतिस्पर्धी एयरबसलाई पुगेको देखिएको छ ।

एयरबसले सोमबार चीनबाट ठूलो संख्यामा विमानको अडर पाएको घोषणा गरेको छ । घोषणा अनुसार चिनियाँ एयरलाइनहरुका प्रयोगको लागि ३०० यात्रुवाहक विमान खरिद गरिएको छ ।

फ्रान्समा भ्रमण रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङले सोमबार यस सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

अर्डर गरिएको कुल ३०० विमानमा २९० विमानहरु ए३२० मोडलका र बाँकी १० वटा विमानहरु ए३५० का छन् । एक विज्ञप्तिमा एयरबसले यो सम्झौता चीनको सम्पूर्ण क्षेत्रका हवाई बजारमा भइरहेको तीव्र विस्तारको बलियो संकेत बताएको छ ।

एयरबस नेदरल्याण्डमा दर्ता भएको युरोपेली कम्पनी हो । यसका निर्माण संयन्त्र फ्रान्स, जर्मनी, स्पेन र ब्रिटेनमा छन् । विमान बजारमा यसलाई अमेरिकी कम्पनी बोइङको प्रमुख प्रतिस्पर्धी मानिन्छ ।

युरोपेली विमान निर्माताले सम्झौताको कुल मूल्य स्पष्ट बताएको छैन । तर अमेरिकी समाचार संस्था सीएनएनले एयरबसको मूल्यसूची अनुसार यी सम्पूर्ण जहाजहरुको मूल्य ३५ अर्ब अमेरिकी डलर पर्न आउने हिसाब निकालेको छ । उपभोक्ताहरुले ठूलो संख्यामा जहाज किन्दा उल्लेख्य छुट पाउने आम अभ्यास भएकाले यसको ठोस मूल्य स्पष्ट भइसकेको छैन ।

एयरबसको विशाल अर्डर बोइङको सबैभन्दा बढी बिक्री भएको जेटलाईनर ७३७ म्याक्स विश्वव्यापी रुपमा थन्काइएको बेला आएको छ । पाँच महिनाको अन्तरालमा दुई ठूला दुर्घटना भएपछि विश्वभरीका विमान सेवा प्रदायकहरले ७३७ म्यक्सलाई ग्राउण्ड गर्ने कदम चालेका हुन् ।

पछिल्लो पटक इथोपियन एयरलाइनको एक विमान दुर्घटनाग्रस्त भएपछि ग्राउण्डेड गर्न थालिएको ७३८ म्याक्सलाई ग्राउण्डेड गर्ने निर्णय गर्ने सबैभन्दा पहिलो राष्ट्र चीन थियो ।

बोइङको ७३७ म्याक्स विमान प्रत्यक्षरुपमा एयरबसको ए३२० नियोको प्रतिद्वन्द्वी हो । छोटो र मध्यम दुरीको यात्राको लागि उपयुक्त मानिने यी दुई न्यारो–बडी विमानहरु विश्वभरीका विमानसेवाहरुले हजारौँको संख्यामा अर्डर गरेका छन् ।

तर बोइङलाई भने दुर्घटनाको खबरले धक्का पारेको छ । अघिल्लो हप्ता इण्डोनेशियाको वायुसेवा गरुड एयरलाइनले ७३७ म्याक्स विमान अर्डर स्वरुप गरिएको अर्बौँ डलरको सम्झौता रद्द गर्न लागेको बताएको छ ।

चीनबाट भएको एयरबसका विमानको ठूलो अर्डरमा दुई वर्ष अघि बोइङले चीनबाट आएको अर्डरको घोषणाको झल्को आउँछ । सन् २०१७ नोभेम्बरमा डोनाल्ड ट्रम्प चीनको भ्रमणमा रहँदा ३०० संख्यामा बोइङ विमान किन्न सम्झौता भएको थियो ।

एयरबस र बोइङसँग भएको दुवै अर्डर एक चिनियाँ सरकारीको एक होल्डिङ कम्पनीले गरेको हो । उक्त कम्पनीले सरकारी एयरलाईन एयर चाइना र चाइना साउर्थन एयरलाइन्सको लागि जेटहरु किन्ने गर्छ । यसले गर्दा कुन एयरलाइनले कुन विमान किनेको हो भनेर पहिल्याउन गाह्रो छ ।

पछिल्लो समय एयरबस र बोइङ दुवैको लागि चीन विशाल बजार हो । तीव्र रुपमाबा भइरहेको हवाई बजार विस्तारले गर्दा विमान निर्माताहरुको नजरमा चीनको महत्व झन् बढिरहेको छ ।

नोभेम्बरमा आएको एयरवसको पछिल्लो प्रक्षेपण अनुसार सन् २०३७ सम्म चीनलाई ७,४०० नयाँ यात्रुवाहक तथा कार्गो विमानहरुको आवश्यता पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप