शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

निता अम्बानीले बुहारीलाई दिइन् संसारकै सबैभन्दा महँगो हिराको हार, कति होला त मूल्य ?

मङ्गलबार, १२ चैत २०७५, १२ : ०८
मङ्गलबार, १२ चैत २०७५

भारतीय धनाढ्य व्यापारी मुकेश अम्बानी र निता अम्बानीका छोरा आकाश अम्बानीले आफ्नी प्रेमिका श्लोका मेहतासँग मार्च ९ तारिखमा विवाह गरेका छन् । श्लोका मेहता हिरा व्यापारी रसल मेहताकी छोरी हुन् र अब अम्बानी परिवारकी बुहारी हुन् । हालै श्लोकाको ‘मुख हेर्ने’ कार्यक्रमको आयोजना भयो ।

वुमन्स इराको रिपोर्ट अनुसार यो कार्यक्रममा सासु निता अम्बानीले बुहारीलाई तीन अर्ब भारु पर्ने हिराको हार उपहारस्वरुप दिएकी छिन् ।

खबरका अनुसार निता अम्बानी बुहारीलाई केही भिन्न कुरा दिन चाहन्थिन् । विभिन्न सामान हेरेपछि निताले श्लोकाका लागि तीन अर्ब पर्ने हिराको हार छनोट गरेकी हुन् ।

निता अम्बानीका अनुसार पहिला उनी परिवारको पुर्ख्यौली हार बुहारीलाई भेटको रुपमा दिने सोच बनाएकी थिइन् ।

अम्बानी परिवारमा यो पुर्ख्यौली हार निकै अघिदेखि नयाँ पीढिलाई हस्तान्तरण हुँदै आएको छ । परम्परा अनुसार घरकी जेठी बुहारीले यो गहना बचाएर राख्नुपर्छ । निता अम्बानीले उक्त सुनको नेकलेस आफ्नी सासुबाट पाएकी थिइन् र उनले बुहारीलाई पनि त्यही दिने सोच बनाएकी थिइन् ।  पछि निताले आफ्नो यो योजना परिवर्तन गरिन् । निताले पुर्ख्यौली हारको साटो श्लोकालाई संसारकै सबैभन्दा महँगो हिराको हार दिने निर्णय गरेकी हुन् ।

यस्तै, श्लोकाकी नन्द अर्थात् इशा अम्बानीले पनि आफ्ना भाइ बुहारीलाई एक आलिशान बंगला उपहारमा दिएकी छिन् ।

श्लोका र आकाशको विवाह निकै भव्य कार्यक्रमका बीच भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप