बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सरकार निरङ्कुश बन्दै गयोः काँग्रेस नेत्री संग्रौला

मङ्गलबार, १२ चैत २०७५, ११ : ४७
मङ्गलबार, १२ चैत २०७५

बुटवल–नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले केपी ओली नेतृत्वको सरकार एकपछि अर्को गर्दै निरङ्कुश बन्दै गरेको दाबी गरेका छन् ।  
नेपाल प्रेस युनियन रुपन्देहीले मंगलबार बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा डा. संग्रौलाले सरकारले सिके राउतसँग सम्झौता गर्नु र विप्लवलाई प्रतिबन्ध लगाउनुले फेरि मुलुकमा निरंकुशता जन्माउन सक्ने उनले आशंका ब्यक्त गरिन् ।
संग्रौलाले राष्ट्रियता र स्वाभिमानमा आँच आउन नदिन नेपाली कांग्रेसले ध्यानाकर्षण र खबरदारी जारी राख्ने सो क्रममा बताइन् । 
मुलुक संघीयतामा गइसकेपछि पनि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षाको अधिकार दिन खोज्नु संविधानको मर्म विपरीत भएको जिकिर गर्दैै उनले  पार्टीको विरोध हुँदाहुँदै सवैधानिक परिषदले एकलौटी गर्नु निन्दनीय भएको बताइन् ।  उनले प्रदेश भित्रको सुरक्षाको जिम्मा र अधिकार मुख्यमन्त्रीलाई दिनुपर्ने पनि धारणा राखिन् ।

संग्रौलाले विरोधको सूचना माथि छलफल नभएसम्म प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेस काग्रेसका सभापति शेर बहादुर देउवा संवैधानिक परिषदको बैठकमा सहभागि नहुने पनि बताइन्  । 
नेपाल महिला संघकी निवर्तमान सभापति समेत रहेकी डा. संग्रौलाले निर्मला हत्याकाण्डका दोषीलाई प्रधानमन्त्री र गृहमन्त्रीले सिंहदरवारबाटै संरक्षण गरेको आरोप लगाइन् ।  
संग्रौलाले बहुमतको सरकार आएको एक वर्ष वितिसक्दा पनि मुलुकमा शान्ति र सुशासन कायम हुन नसकेको बताउँदै सरकारले भ्रष्टाचार, महंगीलाई प्रशय दिएको आरोप लगाइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप