शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब चिट्ठामा जितेका ९ करोड बढीको फ्ल्याट फिर्ता दिए...

मङ्गलबार, १२ चैत २०७५, ११ : २५
मङ्गलबार, १२ चैत २०७५

धेरै मानिसको सपना हुन्छ – आफ्नो घर । त्यसमाथि पनि राजधानीजस्तो स्थानमा घर बनाउनु वा आफ्नै फ्ल्याट हुनु धेरैका लागि ‘आकाशको फल’ हुनसक्छ । यता मुम्बईका एक व्यक्तिले आफ्नो भाग्यमा परेको फ्ल्याट पनि फिर्ता दिएका छन् । उनले यसो गर्नुको कारण भने निकै रोचक छ ।

महाराष्ट्रको शिवसेनामा कार्यरत विनोद शिर्केले डिसेम्बर २०१८ मा महाराष्ट्र हाउसिङ एरिया डेभलपमेन्ट अथोरिटीको चिट्ठामा दुईवटा फ्ल्याट जितेका थिए । तीमध्ये एउटा लगभग ८ करोडको थियो भने अर्को ९ करोड २८ लाख रुपैयाँको थियो ।

उनले यो महँगो फ्ल्याट यसकारण फिर्ता दिए किनभने त्यो वास्तुको हिसाबले सही थिएन । उनले वास्तु सल्लाहकारले भनेपछि उक्त फ्ल्याट फिर्ता दिने निर्णय गरे । उनले भने, ‘मैले एउटै बिल्डिङमा दुईवटा फ्ल्याट जितेँ तर आफ्ना वास्तु सल्लाहकारको सल्लाहपछि मैले ९ करोड २८ लाख पर्ने फ्ल्याट फिर्ता दिने निर्णय गरेँ ।’

महाराष्ट्र हाउसिङ एरिया डेभलपमेन्ट अथोरिटीका एक अधिकारीले विनोद शिर्केले विभागलाई आफ्नो निर्णयबारे जानकारी दिएको बताएका छन् । उनका अनुसार अब प्रक्रिया अनुसार भेटिङ लिस्टमा आउनेलाई फ्ल्याटको अफर गरिनेछ । विनोद शिर्के मुम्बईमा शिवसेना शाखाका प्रमुख हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप