शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

घाँस काट्न गएकी १४ वर्षीया बालिका एघार दिनदेखि बेपत्ता

मङ्गलबार, १२ चैत २०७५, १० : ४९
मङ्गलबार, १२ चैत २०७५

पर्वत – उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक बालिका विगत ११ दिनदेखि बेपत्ता बनेकी छिन् । चैत २ गते दिउँसो १२ बजे घाँस काट्न भन्दै खेतमा गएकी १४ वर्षीया सुनिता रिजाल अझैसम्म पनि सम्पर्कमा आएकी छैनन् । 

गहुँगोरो अनुहार भएकी, खैरो कपाल गरेकी अन्दाजी पाँच फिट उचाइ भएकी रिजाल घरभन्दा केही तलको सल्यानफाँटमा घाँस काट्न भनी गएको तर अहिलेसम्म नफर्किएको स्थानीय टेकनारायण आचार्यले जानकारी दिए । 

साँझ अबेरसम्म पनि घाँस लिएर घर नफर्केपछि सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको बालिकाका बाबु महानन्द रिजालले जानकारी दिए । आफन्त, इष्टमित्र, गाउँ वरिपरि जताततै खोजतलास गर्दा पनि नभेटिएको रिजालले बताए । 

उनीहरुले अहिले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालय पर्वतमा निवेदन दिएका छन् । परिवारले सोमबार प्रहरीलाई खोजी गरिदिन आग्रह गरेका हुन् । 

यता प्रहरीले मातहतका सबै युनिटहरुबाट बालिकाको हुलियासहित खोजीकार्य भइरहेको जनाएको छ । महानन्दका चार छोरी र पाँच छोरा छन् । उनी कान्छी छोरी हुन् । झट्ट हेर्दा सुस्त मनस्थिति भएकी जस्ती देखिने बालिका एक्कासी सम्पर्कविहीन भए पनि परिवार चिन्तित बनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप