शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रियंका कार्कीले सौतेनी आमालाई भनिन्, ‘यो सम्बन्ध हाम्रो डिएनएमा छैन’

मङ्गलबार, १२ चैत २०७५, १० : ३४
मङ्गलबार, १२ चैत २०७५

नेपाली सिने जगतकी चल्तीकी नायिका प्रियंका कार्कीका दुई आमा छन् । यो कुरा कसैबाट लुक्न सकेको छैन ।

प्रियंका आफैंले पनि आफ्ना बुवा भुपेन्द्र कार्कीकी कान्छी श्रीमती अंगु कार्कीसँगका थुप्रै फोटो सामाजिक संजालमा पोष्ट गर्छिन् ।

फोटो र उनका पोष्ट हेर्दा लाग्छ कि प्रियंकाको सौतेनी आमासँगको सम्बन्ध निकै आत्मीय छ । प्रियंकाले सोमबार आफ्नो फेसबुक पेजमा अंगु कार्कीलाई जन्मदिनको शुभकामना दिएकी छिन् ।

उनले अंगुसँगका विभिन्न तस्बिर पोष्ट गर्दै उनलाई मायाका शब्दले जन्मदिनको शुभकामना दिएकी छिन् ।

उनले लेखेकी छिन्, ‘आजको दिन विशेषगरी तपाईंको दिन हो । तपाईं एउटा यस्तो व्यक्ति हुनुहुन्छ जसले हाम्रो सुन्दर परिवारलाई एक बनायो । एउटा यस्तो परिवार जुन इच्छाले बनाइएको हो । हामीबीचको सम्बन्ध मायाले बाँधिएको छ । नुनु, तपाईंलाई जन्मदिनको शुभकामना । मलाई हामीबीचको सम्बन्ध निकै मनपर्छ, यो हाम्रो डिएनएमा छैन तर मुटुमा छ ।’

अंगुको जन्मदिनको कार्यक्रममा  प्रियंकाका प्रेमी आयुष्मान देशराज श्रेष्ठ जोशी पनि उपस्थित थिए । आयुष्मानले अंगुलाई केक खुवाएर गालामा चुम्बन गरेको तस्बिर पनि देख्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप