बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मेकअप गर्दा गरिने सामान्य १० गल्ती, जसले देखाउँछ झन् बुढो

मङ्गलबार, १२ चैत २०७५, १० : २३
मङ्गलबार, १२ चैत २०७५

काठमाडौँ – हरेक महिलाको सुन्दर देखिने चाहाना हुन्छ । सुन्दर देखिन महिलाहरु विभिन्न प्रकारको मेकअप गर्ने गर्छन् । भनिन्छ, महिलाहरुका लागि मेकअप प्राकृतिक कुरा नै हो । 

तर, सुन्दर देखिने होडमा आफ्नो अनुहारको छालालाई नै असर पर्ने गरी मेकअप गरिरहेका पनि हुन्छन् कतिपय महिलाहरु । जसले सुन्दरभन्दा पनि अझ धेरै उमेरको देखाइरहेको हुन्छ । महिलाहरुले मेकअप गर्दा सामान्य भन्दा सामान्य गल्तीले पनि कुरुपतालाई प्रसय दिइरहेको हुन्छ । ती सामान्य गल्ती के–के हून् त जसले तपाईंको सुन्दरतामा ह्रास पुर्याइरहेको छ ? 

धेरै मेकअप
अनुहारमा दाग, धब्बा भएकाहरुले फाउन्डेशन र कन्सीलरको प्रयोग ज्यादा गर्ने गर्छन् । तर, यसको प्रयोग गर्दा ध्यानपूर्वक गर्नुपर्छ । अत्याधिक मात्रामा कन्सीलर र फाउन्डेशनको प्रयोगले हाइलाइस्टलाई ब्रेक मात्र गर्दैन यसले गर्ने असरको उपचार पनि हुन एकदमै असहज छ । त्यसैले, कुन कम्पनीको सामान प्रयोग गर्दै हुनुहुन्छ त्यसको बारेमा बुझेर उचित मात्रामा प्रयोग गर्नु अत्यावश्यक छ । मेकअपको सामान प्रयोग गर्दा क्यामेडोजेनिक प्रोडक्ट्सको प्रयोग गर्नुपर्छ ।

मोश्चराइजर विना मेकअप
धेरैजसो युवतीहरु अनुहार धोएर सिधै मेकअप गर्ने गर्छन् । जसले गर्दा मेकअप गरेपछि रुखोपन र मेकअप छुट्टिने समस्या हुन्छ । त्यसैले भद्दा मेकअप नदेखाउनको लागि अनुहार धोएपछि मोस्चराइजरको प्रयोग गर्नुपर्छ ।

छालामा रहेका मृत कोष्ठहरु नहटाई मेकअप
दैनिक प्रयोग गरिने विभिन्न प्रकारका मेकअप प्रोडक्ट्सका कारण अनुहारको छालामा मरेका कोष्ठहरुको मात्रा धेरै हुन्छ । त्यसैले मेकअप गर्नुअघि छालामा भएका त्यस्ता मृत कोष्ठहरुलाई हटाएर मात्र मेकअप गर्न जरुरी हुन्छ ।

फोहोर मेकअप ब्रसको प्रयोग
दैनिक प्रयोग हुने मेकअप ब्रस फोहोर भइरहेको हुन्छ र हामी सबै त्यही फोहोर ब्रसले मेकअप गरिरहेका हुन्छौ । जुन ब्रसमा धुलो, तेल वा ब्याक्टेरिया जस्ता छालालाई हानी गर्ने पदार्थहरु टासिएको हुन्छ । जसले छालामा एलर्जी गराउँछ । त्यसैले हरेक हप्ता ब्रसको सरसफाई गर्नुपर्छ ।

ब्लश गर्दा ब्लेन्ड नगर्नु 
गालामा ब्लशको प्रयोग गरेपछि मेकअपले पूर्ण लुक दिन्छ । तर ब्लशको सही प्रयोग गर्न नसकेको खण्डमा तपाई वास्तविक उमेरभन्दा बढी उमेरको देखिनुहुन्छ । त्यसैले यदि ब्लड पिकं रङको ब्लश लगाइरहनुभएको छ भने त्यसलाई सही तरिकाले ब्लेन्ड गर्नुपर्छ ।

मेकअप गर्दा औंलाको प्रयोग
मेकअपलाई उत्कृष्ठ लुक दिनको लागि मेकअप गर्दा औंलाको प्रयोग उत्तम मानिन्छ । तर, औंलामा भएका विभिन्न ब्याक्टेरियाको प्रयोग अनुहारमा फैलिन सक्छ र अनुहारमा एक्नीको मात्रा बढाउँछ । 

डार्क सर्कल्स लुकाउँन कन्सिलर
आँखाकोमूनी भएको डार्क सर्कल्स लुकाउँनको लागि प्रयोग गरिने कन्सिलरले डार्क सर्कल छोपिनुभन्दा झन बढाउँने काम गर्छ त्यसैले यसको सट्टामा करेक्टरको प्रयोग गर्नुपर्छ । यसलाई डार्क सर्कल भएको ठाउँमा मात्र हल्का लगाउँदा मेकअप नेचुरल देखिन्छ । 

लिप लाइनर 
लिप लाइनरले तपाईंको ओठको आकार बढाउँन मद्दत गर्छ । तर, यसको गलत तरिकाले प्रयोग गरियो भने भद्दा देखिन सक्छ । ओठलाई रिशेप दिनको लािग धेरै गाढा रङको लिप लाइनरको प्रयोग नगरी ओठ रङको नै प्रयोग गर्नुपर्ने मेकअप आर्टिस्ट्सहरु सुझाउँछन् । 

मेकअप धुन भुल्नु
सुत्नुअघि कहिल्यै पनि मेकअप धुन भुल्नुहुँदैन । रातभर मेकअप लगाएर सुत्दा अनुहारमा एक्निको मात्रा बढ्छ । मेकअप गर्दा प्रयोग गरिएका विभिन्न प्रोडक्ट्सले रोमछिद्रलाई बन्द गरिदिन्छ जसले गर्दा एक्निको मात्रा बढ्दै जान्छ ।

बाथरुममा मेकअपका सामान राख्नु 
मेकअप प्रोडक्ट्स बाथरुपमा राख्दा छिट्टै खराब हुने गर्छ । बाथरुममा हुने चिसोपनको कारण मेकअपको सामानमा ब्याक्टेरियाले आक्रमण गर्छ र इन्फ्ेक्सन गराउँछ । मेकअपको सामान सधैँ कुल र सुख्खा ठाउँमा राख्नुपर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप