बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

दक्षिणकालीबाट रत्नपार्क आउँदै गरेको बस सडकमा पल्टिँदा २४ घाइते

मङ्गलबार, १२ चैत २०७५, ०९ : ०१
मङ्गलबार, १२ चैत २०७५

काठमाडौँ – चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । 

पुरानो बसपार्कदेखि दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नंको यात्रुवाहक बस आज बिहान ७ बजे चाल्नाखेलस्थित हात्तीवनमा दुर्घटना हुँदा २४ यात्रु घाइते भएका हुन् । 

बस फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा दुर्घटना भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । 

दुर्घटनामा घाइते भएका २४ मध्ये १२ को मनमोहन अस्पताल स्वयम्भू र १२ जनाको वयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ । घाइतेको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप