शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

शोधको दाबीः एक्लो हुनुको पनि छन् विभिन्न फाइदा

मङ्गलबार, १२ चैत २०७५, ०८ : ५८
मङ्गलबार, १२ चैत २०७५

सबैलाई कुनै न कुनै बेला एकान्त र शान्ति चाहिन्छ । सबैको जीवनमा एउटा समय यस्तो आउँछ जब व्यक्ति आफूसँग केही समय बिताउन चाहन्छ । यद्यपि, धेरैजसो एक्लै बस्ने मानिसहरुलाई डिप्रेशनको रोगी भनेर शंका गरिन्छ । तर एउटा नयाँ अनुसन्धानले यो कुरालाई गलत साबित गरिदिएको छ । एक नयाँ अनुसन्धानका अनुसार जो बच्चा एकान्तमा बस्न चाहन्छन् उनीहरुलाई आफूलाई राम्रोसँग बुझ्न सक्छन् र आफूलाई स्विकार गर्न अत्यधिक सक्षम हुन्छन् ।

युनिभर्सिटी आफ क्यालिफोर्निया, सान्टा क्रुज र विलमिंगटन कलेजले मिलेर यो अनुसन्धान गरेका हुन् । शोधका अनुसार जो बच्चा आफ्नो मर्जीले एक्लै बस्न चाहन्छन् उनीहरुले जीवनलाई धेरै राम्रोसँग बुझ्न सक्छन् । जबकी यदि बच्चालाई एक्लो बस्न बाध्य बनाइन्छ भने उनीहरुको जीवनमा नकारात्मक असर पर्ने गर्छ । यसले बच्चाहरु डिप्रेशनको शिकार हुनसक्छन् ।

स्मरण रहोस्, पछिल्ला केही शोधमा एक्लो बस्दा मानिसहरु डिप्रेशनको शिकार हुनसक्ने बताइएको थियो । तर यो नयाँ अनुसन्धान अनुसार एकान्तमा बस्नु पनि एउटा कला हो जुन सिक्नुपर्छ । शोधकर्ताले पछिल्ला थुप्रै शोधमा एकान्तमा समय बिताउनेहरु एक्लो हुने र लजालु स्वभावका हुने बताइएको थियो । जुन बच्चा धेरैजसो एक्लै बस्छन्, उनीहरु कसैसँग पनि घुलमिल हुने नसक्ने मान्यता राखिन्छ ।

शोधकर्ताका अनुसार हरेक व्यक्तिले कहिले एक्लै बस्ने र कहिले मानिसहरुसँग घुलमिल हुने भन्नेबारे थाहा पाउनुपर्छ । यो अनुसन्धानले आफ्नो मर्जी र खुसीले एक्लै बस्नुको फाइदाबारे जोड दिएको छ ।

शोधका क्रममा जो व्यक्ति सामाजिक बहिष्कारका कारण एक्लो बस्न चाहन्छन्, उनीहरुमा तनावको समस्या हुन्छ । ती व्यक्तिमा डिप्रेशनको खतरा पनि अत्यधिक हुन्छ । तर यदि कोही व्यक्ति आफ्नो इच्छाले एक्लो बस्न चाहन्छन् भने उनीहरुमा कुनै समस्या हुँदैन, यस्ता मानिसहरु आफ्नो जीवनमा खुसी र स्वस्थ रहन्छन् ।

शोधकर्ताका अनुसार आजकालको व्यस्त जीवनशैलीमा हामी धेरैजसो समय कि त सोसल मिडियामा बिताउँदै वा आफ्नो काममा व्यस्त हुन्छौं जसका कारण हामी आफ्नो लागि समय निकाल्न पाउँदैनौं र एक्लो बस्ने कला पनि सिक्न पाउँदैनौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप