शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

फेरि मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना

मङ्गलबार, १२ चैत २०७५, ०७ : ५५
मङ्गलबार, १२ चैत २०७५

काठमाडौँ – नेपाल भित्रिएको पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

सोमबार रातिदेखि देशका अधिकाश ठाँउमा मेघगर्जन र हावाहुरी सहित पानी परेको छ । यो क्रम मंगलबार पनि दोहोरिने संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा अहिले पनि हल्का पानी परिरहेको छ ।  

 मंगलबार देशका धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ भने कतै कतै मौसम एकैछिन खुले पनि फेरि बदली भई मेघगर्जन र हावाहुरी चल्ने । तर ठूलो पानी पर्ने संभावना नरहेको महाशाखाले जानकारी दिएको छ । 

देशका पहाडी क्षेत्रमा अझै पानी पर्न सक्ने सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप