शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अबको तीन हप्ताभित्र पाकिस्तानमा त्यस्तो के हुँदैछ ?

मङ्गलबार, १२ चैत २०७५, ०७ : ४९
मङ्गलबार, १२ चैत २०७५

बीबीसी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सोमबार कराँचीको समुन्द्री तटमा चाँडै नै एशियाको सबैभन्दा ठूलो तेल र ग्यासको भण्डार पाउन सकिने घोषणा गरेका छन् ।

पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्री खानले तेल र ग्यासको खोजी अभियानबाट सकारात्मक संकेत पाइएको जानकारी दिए । इमरानले अबको तीन हप्तामा पाकिस्तानका लागि सबैभन्दा ठूलो खबर आउने बताएका छन् ।

इमरानले पाकिस्तानी जनतासँग सफलताका लागि प्रार्थना गर्न आग्रह गरे । उनका अनुसार यो सफलताले पाकिस्तानको भाग्य परिवर्तन हुनेछ । इमरानले चुनाव अघि भारतको तर्फबाट कुनै हमला हुने सम्भावना व्यक्त गर्दै यदि यसो भए पाकिस्तानले कडा जवाफ दिने बताएका छन् । यसका लागि आफूहरु सतर्क भएको पनि इमरानले बताए ।

इमरानले भने, ‘कराँचीमा तेल र ग्यासको भण्डार पाएपछि पाकिस्तानले यसको आयात गरिराख्नु पर्दैन । अल्लाहले चाहे हामीले तेल र ग्यासको विशाल भण्डार पाउनेछौं ।’

१४ जनवरीदेखि बहुराष्ट्रिय कम्पनीको एक समूहले कराँचीभन्दा २३० किलोमिटर टाढा समुन्द्री तटबाट अनुसन्धान थालेको छ ।

९ वर्षको अन्तरालसिछ पाकिस्तानले समुन्द्रको सतहमा तेल र ग्यासको भण्डारको खोजी कार्य सुरु भएको छ । एक अनुमान अनुसार यसमा १० करोड डलर खर्च हुनेछ । जनवरीमा पाकिस्तानका अधिकारीले ९ ट्रिलियन क्यूबिक ग्यास र तेलको भण्डार पाइने आशा भएको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप