बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पेट्रोल पम्पमा भारतीय लर्को, कमिसनको लोभले नेपालीलाई बेवास्ता

मङ्गलबार, १२ चैत २०७५, ०६ : ३५
मङ्गलबार, १२ चैत २०७५

काँकरभिट्टा – झापा मेचीनगर नगरपालिकाका दुई पेट्रोल पम्पमा दिनहुँ भारतीय ट्रक र कारको लाइन छुट्दैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् । 

एक किलोमिटर पारिका भारतीय पम्प भने सुनसान हुन्छन् त्यहाँका कर्मचारी पम्पको सटर खोल्दै र बन्द गर्दै दिन बिताउँछन् । 

नजिकै नेपालका प्रनिक आयल स्टोर्स र नन्दा ट्रेडिङ कम्पनीमा भने इन्धन (तेल) हालिदिने कर्मचारी टुसुक्क बस्न पाउँदैनन् । 

भारतभन्दा नेपालमा इन्धन केही सस्तो छ । त्यही भएर भारतीय सवारी साधनका चालक तेल भर्न नेपाल आउँछन् । उनीहरुले तेल फुल ट्यांकी हाल्ने र धेरै खरिद गर्ने हुँदा पम्पमा प्राथमिकता पाउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप