अनियमितता गरेको भन्दै १० जनाविरुद्व तीन करोडको मुद्दा
भोजपुर । षडानन्द नगरपालिका–८ मा विद्युत् विस्तारका क्रममा रु तीन करोड अनियमितता गरेको अभियोगमा १० जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
परियोजनाका लागि विनियोजित रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपभोक्ता समितिका अध्यक्षसहित दश जनाविरुद्ध रु दुई करोड ७९ लाख २७ हजार बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा षडानन्द गाउँपालिकाका तत्कालीन प्रशासकीय प्रमुख जयनारायण खनाल, तत्कालीन लेखा अधिकृत सन्तोष श्रेष्ठ, इञ्जिनीयर बिमल राई, असिस्टेन्ट सबइञ्जिनीयर महेश कार्की, वडा नं ८ का वडाध्यक्ष तथा अनुगमन समिति सदस्य किशोर किराँत, विद्युत् विस्तार योजना उपभोक्ता समितिका अध्यक्ष फुर्वा तामाङ, समितिका सचिव राजेन्द्र राई, कोषाध्यक्ष ज्ञानुमाया तामाङ र संयोजक हेमकुमार श्रेष्ठलाई जनही रु २८ लाख ९५ हजार ५०८ बिगो तोकिएको छ ।
षडानन्द नगरपालिकाका शिक्षा अधिकृत तथा विद्यालय निरीक्षक मणिराम तामाङलाई भने रु १८ लाख ६८ हजार बिगो तोकिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनीहरुले आयोजनाको १७ प्रतिशत मात्रै काम सम्पन्न भएको अवस्थामा सबै काम सकिएको झुटो प्रतिवेदन तयार पारी भुक्तानीसमेत लिएको अख्तियारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार
-
प्युठानमा सुत्केरीको हत्या आरोपमा ५ जना पक्राउ, २ जना फरार
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
‘वेस्ट इन्डिजविरुद्धको शृङ्खला टी-२० विश्वकपको तयारीका लागि उपयुक्त अवसर’
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !