बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

पाल्पामा टिपरको ठक्करबाट एक महिलाको मृत्यु

सोमबार, ११ चैत २०७५, २० : ३१
सोमबार, ११ चैत २०७५

पाल्पा । निस्दी गाउँपालिका–७ ज्यामिरेमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा ७८ वर्षीया यानिसरा ढेंगा रहेको जिल्लाप्रहरी कार्यालयले जनाएको छ । 

ज्यामिरेबाट नवलपरासीको सर्दीतर्फ चुनढुंगा लिएर जाँदै गरेको लु २ ख २६१४ नम्बरको टिपरले पानी बोकेर बाटो काट्ने क्रममा ठक्कर दिँदा घटनास्थलमै महिलाको मृत्यु भएको हो । 

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप