शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संस्कृति समाप्त हुँदैन : वरिष्ठ नेता नेपाल

सोमबार, ११ चैत २०७५, २० : २७
सोमबार, ११ चैत २०७५

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको संस्कृतिलाई कसैले तेजेवत गरेर समाप्त गर्न नसक्ने बताएका छन् । 

बराह क्षेत्र चताराधामका प्रमुख संरक्षक सिद्धमहायोगी डा कृष्णदासलाई आज यहाँ नागरिक अभिनन्दन गर्दै उनले धर्म संस्कृति मान्छे र देशको पहिचान भएको बताए । 

वरिष्ठ नेता नेपालले नेपालीसँग रहेको अन्तरनिहित शक्तिलाई प्रयोगमा ल्याउन नसकेको तर्क गरे । 

आफूमा भएको अन्तरनिहित शक्तिले यहाँको धर्म संस्कृति, परम्परा, संस्कारलाई त्यागेर विदेशीको पछि लागेर नेपाली हुँ भन्नेलाई धिक्कार्नुपर्ने उनले बताए । 

धर्म संस्कृति ज्ञानको अखण्ड भण्डार रहेको पनि उनले बताए । धर्मसँग जोडेर आफूमाथि टिका टिप्पणी भएकोतर्फ लक्षित गर्दै उनले भने, ‘हाम्रो परिवार सम्पन्नशालि परिवार हो, मेरो बुबा पण्डित भएकाले माछा, मासु त चल्दैन फेरी रक्सी टाढाको कुरा हो ।’

उनले भने, ‘यस्ता व्यक्तिको बारेमा कुरा सुन्दा खेरी अचम्म लाग्यो, यो कस्तो देश भएछ । कसैले हल्ला चलायो त्यसैको पछिपछि कुद्ने ।’ 

अभिनन्दित भएपछि डा. कृष्णदासले हिन्दू धर्मको आवाज उठाउँदा हिन्दू धर्म के हो सिक्नुपर्ने बताए । 

उनले भने, ‘ब्रम्ह केहो, जीव केहो, हिन्दुत्व केहो जान्न जरुरी छ ।’ आफूभित्र हिन्दुत्व जगाउनुपर्ने भन्दै उनले यसले सोच र वुद्धिमा फरक ल्याउने बताए । 

कार्यक्रममा प्रमुख अतिथि नेपालसहित अतिथिले डा. कृष्णदासलाई २१ किलोको माला र फूलले अभिनन्दन गरेका थिए । अभिनन्दन समारोह अघि डा. दासलाई रथयात्रा गरी नगर परिक्रमा गराइएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप