शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जेट एयरलाई अर्को धक्का, बाहिरिए गोयल

सोमबार, ११ चैत २०७५, १९ : ५६
सोमबार, ११ चैत २०७५

एजेन्सी– भारतीय जेट एयरका प्रमुख नरेश गोयलले अफ्नो पदबाट राजीनामा दिएका छन् । जेट एयर निकै ठुलो आर्थिक संकटबाट गुज्रिरहेका बेला गोयलले राजीनामा दिएका हुन् ।

उनले एयरलाइन्सको आज बसेको बोर्ड बैठकमा सो निर्णय लिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । बोर्ड बैठकमा नरेश गोयलसहित उनकी पत्नी अनिता गोयलले समेत कम्पनीबाट बाहिरिने निर्णय लिएको जनाइएको छ । 

बैठकले गोयलले दिएको राजीनामा स्वीकृत गरेको छ । आर्थिक रुपमा संकट आएपछि पछिल्ला दिनमात्र जेट एयरवेजले १४ अन्तर्राष्ट्रिय उडान रद्ध गरेको थियो । उक्त उडान रोकिएपछि ८० वटाभन्दा बढी विमान अन्तर्राष्ट्रिय उडान गर्नबाट बञ्चित भएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप