बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचार गरेको आरोपमा तीन कर्मचारीविरुद्व मुद्दा दायर

सोमबार, ११ चैत २०७५, १९ : ५५
सोमबार, ११ चैत २०७५

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय, डोल्पाका तीन कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निजी जग्गाबाट जडीबुटी सङ्कलन गरेको भनी नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ । 

आयोगले डोल्पाका तत्कालीन वन अधिकृत रामविचारी ठाकुर, फरेस्टरद्वय रुद्रबहादुर बुढा र भीमबहादुर बुढालाई जनही रु एक करोड ४८ लाख ७९ हजार ६८० बराबरको भ्रष्टाचार गरेको अभियोग लागेको छ । 

उनीहरुले सामुदायिक तथा राष्ट्रिय वनबाट सङ्कलन भएको एक लाख ८५ हजार ९९६ किलोग्राम जटामसी जिल्लाबाहिर लैजान छोडपुर्जी दिई, आफैँ मुचुल्का, प्रतिवेदन तयार गरेको र सरकारी राजश्वमा जम्मा नपारेको पाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप