बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेकपा र नयाँ शक्तिका २९१ जना कार्यकर्ता काँग्रेसमा प्रवेश

सोमबार, ११ चैत २०७५, १९ : ३९
सोमबार, ११ चैत २०७५

बैतडी– बैतडीमा नेकपा र नयाँ शक्ति परित्याग गरि २९१ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
नेकपाका नेता गङ्गा दत्त भट्ट सहित २७४ जना र नयाँ  शक्तिका बुद्धिबल्लभ धानिकसहित १५ जना  काँग्रेसमा प्रवेश गरेका हुन् । 
नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीले दशरथ चन्द नगरपालिकाको कलौनमा आयोजित कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य रमेश लेखकले नवप्रवेशीहरुलाई  सदस्यता वितरण गरेका छन् ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेता लेखकले कम्युनिस्ट सरकारप्रति वितृस्णा र निराश भएकाले कांग्रेसप्रति जनताको आकर्षण बढदै गएको दाबी गरे । उनले देशभर कांग्रेस प्रबेश गर्नेको लहर चलेको समेत दाबी गरे ।
नव प्रबेशीलाई योग्यता र क्षमताको आधारमा उचित स्थान दिने प्रतिबद्धता समेत लेखकले गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप