शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पदभार सम्हाल्दै चलचित्र बोर्डका अध्यक्ष भट्टराईले भने: म कसैको राजनीतिक कार्यकर्ता हुन्न्

सोमबार, ११ चैत २०७५, १८ : ३०
सोमबार, ११ चैत २०७५

काठमाडौं– नेपाल चलचित्र बोर्डका नवनियुक्त कार्यकारी अध्यक्ष केशव भट्टराईले उपत्यकामा चलचित्र छायाँकनको लागि तत्काल सुविधासम्पन स्टुडियो निर्माण गर्ने प्रतिबद्धता जनाएका छ । सोमबार बोर्डको कार्यकारी अध्यक्ष पदमा पदभार सम्हाल्दै अध्यक्ष भट्टराईले सो प्रतिबद्धता जनाएका हुन् । ‘उपत्यकामा चलचित्र छायाँकनको लागि तत्काल सुविधासम्पन स्टुडियो अभाव छ, त्यो पुरा गर्नु मेरो पहिलो प्राथमिकता हुनेछ’ अध्यक्ष भट्टराईले भने ।

उनले आफु ठूलो चूनौती बोकेर बोर्ड अध्यक्षमा आएको बताउँदै त्यो चूनौतीलाई सामना गर्ने पनि दाबी गरे । अध्यक्ष भट्टराईले नेपाली चलचित्रको विकासका लागि काठमाडौंमै पनि राम्रोसँग बक्स अफिस लागू नभएको गुनासो गर्दै यसलाई देशभर लागू गर्ने समेत बताए ।

उनले बोर्डको नेतृत्वमा रहँदा कुनै राजनीतिक दलको राजनीति कार्यकता नहुने समेत प्रतिबद्धता जनाए । उनले भने, ‘म यो नेतृत्वमा रहँदा कुनै राजनीतिक कार्यकर्ता हुन्न् र चलचित्र क्षेत्रका कुनै पनि संघसंस्थामाथि हस्तक्षेप गर्दिन ।’

भट्टराईले आफु नयाँ भिजनसहित आएको बताउँदै राष्ट्रिय चलचित्र नीति २०७० लाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए । उनले केही वर्षदेखि रोकिएको पुरस्कार र सम्मानलाई निरन्तरता दिने समेत स्पष्ट पारे । सरकारले केही दिनअघि बोर्डको अध्यक्ष भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको  थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप