शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख निर्वाचन आयुक्तमा थपलियाको नाम सिफारिस

सोमबार, ११ चैत २०७५, १७ : ३९
सोमबार, ११ चैत २०७५

काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश कुमार थपलियालाई सिफारिस गरेको छ । 

सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा बसेको परिषद्को बैठकले थपलियालाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो ।

यसअघिका प्रमुख निर्वाचन आयुक्त डा.अयोधिप्रसाद यादवको पदावधि आइतबार मात्रै सकिएको थियो । 

त्यस्तै बैठकले समावेशी आयोगको सदस्यमा बिष्णुमाया ओझाको नाम सिफारिस गरेको छ । ओझा मकवानपुर निवासी हुन् । 

आजको परिषद् बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित रहेका थिए । 

देउवाले संसदीय दलको बैठक भएकाले आफू उपस्थित हुन नसक्ने जानकारी गराएकाले निर्णय गरिएको संवैधानिक परिषद्का सदस्य गणेश तिमिल्सनाले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप