शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

गायन र नृत्यका लागि ‘नेपाल हिरो अफ ट्यालेन्ट’

सोमबार, ११ चैत २०७५, १५ : १०
सोमबार, ११ चैत २०७५

काठमाडौं – एन्जल मिडियाले ‘नेपाल हिरो अफ ट्यालेन्ट’ रियालिटी शो आयोजना गर्ने भएको छ । गायन, नृत्य लगायतका प्रतिभा निखार्ने उदेश्यले शो आयोजना गर्न लागिएको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

.७७ वटै जिल्लाका सहभागीलाई सजिलो हुने गरेर १४ स्थानमा अडिसन हुने शोमा देशभरबाट १० हजारको सहभागिता रहने आयोजकको अपेक्षा रहेको छ । शोमा प्रथम हुनेले ७०, दोस्रोले २० र तेस्रोले १० लाख नगद जित्न सक्ने शोका निर्णाक मध्य एक गायक आनद कार्कीले जानकारी दिए ।

शोमा कार्कीको अलवा ओम प्रकाश राई, एलिना बास्कोटा निर्णायक रहनेछन् । मेघा टेलिभिजन मार्फत प्रशारण हुने शोको २५ चैत्रबाट अडिसन हुने छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप