शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सारेगमप लिटिल च्याम्स’ मा प्रितम र आयुषको धमकेदार प्रस्तुती

सोमबार, ११ चैत २०७५, १५ : ०२
सोमबार, ११ चैत २०७५

काठमाडौं– चर्चित भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्स’ मा नेपाली बालकहरु प्रितम आचार्य र आयुष केसीले धमकेदार प्रस्तुती दिएका छन्। आइतबार राती प्रसारण भएको शोमा पनि प्रितम र आयुष केसीले राम्रो प्रस्तुति दिँदै टप १४ भित्र पर्न सफल भएका छन् ।

शोमा प्रितमले ‘दिवाना’ फिल्मको गायक कुमार सानुले गाएको गीत ‘सोचेंगे तुम्हे प्यार’ गाएका थिए । उक्त गीतका कारण उनले जुरीबाट  शत प्रतिशत नम्बर प्राप्त गरे ।  जुरीहरुले उनको गायिकाको तारिफ गर्दै यो नम्बर दिएका थिए । त्यस्तै शोमा आयुस केसीले पनि दमदार गीत गाए । केसीको गायकीको पनि जुरीबाट तारिफ आएको थियो । 

‘सारेगमप लिटिल च्याम्स’ मा राम्रो प्रस्तुति दिइरहेका यी दुई नेपाली बालकको चर्चा अहिले नेपाल र भारतमा मात्र नभई विश्वभर नै हुन थालेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप