शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा समितिको बैठकबाट मात्र सेना परिचालन हुन्छ: उपप्रधानमन्त्री पोखरेल

सोमबार, ११ चैत २०७५, १४ : ०५
सोमबार, ११ चैत २०७५

विराटनगर– उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को बैठकको निर्णयबाट नै मुलुकमा सेना परिचालन हुने बताएका छन् । 

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले सुरक्षा परिषद्को बैठक नबसेको खण्डमा अध्यक्षको नाताले प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकको प्रस्ताव राष्ट्रपतिबाट सदर भएपछि मात्र सेना परिचालन हुने स्पष्ट पारे । उनले सेना परिचालनको एक महीनापछि प्रतिनिधिसभाबाट उक्त प्रस्ताव पास हुनुपर्छ भन्दै प्रधानमन्त्री एक्लैको निर्णयबाट सेनाको परिचालन हुने भन्ने कुरा गलत भएको धारणा व्यक्त गरे ।

उपप्रधानमन्त्री पोखरेलले विप्लव समूह हतियार छाडेर आएमा मात्र वार्ता हुने बताउँदै हतियार बोकीबोकी वार्ता हुन नसक्ने प्रष्ट पारे ।

उनले मुलुकमा बम पड्काउने, हत्या हिंसा गर्ने, जनतामा आतङ्क सिर्जना गरेकोले उक्त समूहलाई प्रतिबन्ध लगाइएको उनको भनाइ थियो । उनले विप्लव समूहप्रति सरकारको वैरभाव नभएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप