शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्कूलमा एक वर्षअघि भएको गोलीबारीमा बचेकी युवतीको मृत्यु, पुलिसलाई आत्महत्याको शंका

सोमबार, ११ चैत २०७५, १३ : ०२
सोमबार, ११ चैत २०७५

अमेरिकाको फ्लोरिडास्थित स्टोनम्यान डगलस हाइस्कूलकी सिड्नी आइलो, १९, नामकी छात्राको मृत्यु भएको छ । उनको टाउकोमा गोलीको निशाना देखिएको छ ।  पुलिसले यसलाई सुरुवाती रुपमा आत्महत्या मानिरहेको छ । घटना गत हप्ताको हो । आइलोको अन्तिम संस्कार शुक्रबार गरियो तर पुलिसले यसबारे आइतबार जानकारी दिएको छ ।

कोरल स्प्रिंग पुलिसका प्रवक्ताले यसबारे अनुसन्धान भइरहेको बताए । छात्राको मृत्यु कुन परिस्थितीमा भयो त्यो अहिले नै स्पष्ट नभएको पुलिसले बताएको छ । गत वर्ष हाइस्कूलमा भएको गोलीबारीसँग उनको मृत्युको सम्बन्ध हुनसक्छ । आइलोकी आमाका अनुसार स्कूलमा भएको हमलामा बाँचेपछि पनि उनी डिप्रेशनको शिकार भएकी थिइन् । लामो समयसम्म उनको उपचार पनि चलेको उनले जानकारी दिइन् ।

हमलामा आइलोसमेत दुई विद्यार्थीमात्र बाँचेका थिएः

सन् २०१८ को फेब्रुअरी १४ मा एक बन्दुकधारीले हाइस्कूलमा गोलीबारी गरेका थिए । यो हमलामा १४ विद्यार्थी र तीन कर्मचारी मारिएका थिए । यतिबेला दुई विद्यार्थी बचेका थिए जसमध्ये एक आइलो थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप