शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

३ बर्षको दाजुले सलाई कोर्दा, १ महिने बहिनीको मृत्यु

सोमबार, ११ चैत २०७५, ११ : ४८
सोमबार, ११ चैत २०७५

काठमाडौं– दाङको राप्ती गाउँपालिका–१ वगाह बस्ने हिमाल राना मगरको तिन वर्षीय छोरा अमित रानाले खेल्ने क्रममा सलाई कोर्दा आगलागी भएको छ ।

आगलागीका कारण उनकै एक महिने बहिनी संगिता रानाको मृत्यु भएको छ ।

बच्चाहरु खेलिरहेको बेला सलाई चलाउँदा आगो सल्किएपछि गम्भीर घाईते भएकी संगीताको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

घरमा अन्य क्षति भने भएको छैन । संगीताको शवलाई अस्पतालमै राखिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक बिनोद बिक्रम शाहका अनुसार हिमालका अन्दाजी ४ बर्षीय छोरा अमित रानाले उनकी बहिनी संगिताको नजिकै सलाई कोरेर खेलिरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप