बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

महिला सांसदले विकसित देशमा पनि आमा भएको सजाय पाइन्, संसदबाट बाहिर निस्कन भनियो

सोमबार, ११ चैत २०७५, १० : ३४
सोमबार, ११ चैत २०७५

डेनमार्क एउटा विकसित देश हो । महिला अधिकारका लागि यहाँ थुप्रै काम भएको छ । महिलाका लागि यो राम्रो देश मानिन्छ । अब यही देशमा एउटा घटना सार्वजनिक भएको छ जसको निकै चर्चा भइरहेको छ ।

यहाँ एक सांसद छिन् मेते अबिल्डगार्ड । कन्जर्भेटिव पिपल्स पार्टीकी ग्रुप लिडर । उनकी पाँच महिनाकी छोरी छिन् । हालै मेते आफ्नी छोरीलाई लिएर पार्लियामेन्ट चेम्बर पुगिन् । यो कुरा स्पिकर जेर्सगार्डलाई मन परेन । त्यसपछि उनले मेतेलाई आफ्नी छोरी लिएर संसदबाट बाहिर निस्कन आदेश दिइन् । स्पिकरले एक सहयोयीमार्फत् मेतेसम्म यो सन्देश पुर्याइनु । जेर्सगार्डले भनिन्, ‘पार्लियामेन्ट चेम्बरमा तिमी आफ्नो बच्चालाई ल्याउन सक्दिनौ ।’

यसबारे मेतेले फेसबुकमा एउटा पोष्ट पनि गरिन् । जसमा मेतेले आफूले पहिले पनि एउटा साथीले बच्चा लिएर संसद आएको देखेको र आफूले पनि छोरीलाई आफैंसँग लिएर जाँदा कुनै समस्या नहोला भनेर सोचेको बताइन् । यसै कारण उनले यसका लागि कसैसँग पनि अनुमती लिइनन् । मेते पहिलो पटक आफ्नी छोरीलाई लिएर संसद गएकी थिइन् । घरमा उनलाई हेर्नका लागि श्रीमान् उपलब्ध नभएकाले छोरीलाई बाध्य भएर संसद लिएर जानुपरेको उनले बताइन् ।

जब मेतेलाई पियाले मेसेज पठाइन् तब उनले आफ्नी छोरी एक सहयोगीलाई सुम्पिइन् र आफ्नो चेम्बर फर्किइन् । यसबारे पिया जेर्सगार्ड, जो दक्षिणपन्थी डेनिश पिपल्स पार्टीकी पूर्व नेता थिइन्, उनीमाथि प्रश्न गरियो । आफूले नियमको पालना मात्र गरिरहेको स्पष्टिकरण दिइन् । साथै उनले भनिन्, ‘चेम्बरमा सांसद हुनुपर्ने हो, उनीहरुका बच्चा होइन ।’ आफूले चाँडै नै यो मामलामा एउटा स्पष्ट गाइडलाइन जारी गर्ने बताइन् ।

डेनमार्क संसारको शान्त देशमा गनिन्छ । यहाँ लैङ्गिक समानता र महिलाको अधिकारबारे अत्यधिक कुरा गरिन्छ । बच्चा जन्मँदा पिताले पनि छुट्टी पाउँछन् । आमा–बुवा दुबैले जम्मा ३२ हप्ताको छुट्टी पाउँछन्, यो उनीहरुले आफ्नो हिसाबले मिलाउन सक्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप